काठमाडौं। भारत अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा थाइल्यान्डसँग पराजित भएको छ।
बुधबार सम्पन्न खेलमा थाइल्यान्ड २–० ले विजयी भएको हो। थाइल्यान्डको जितमा बेन डेभिस र पोरामेट अर्जभल्लालले गोल गरे।
खेलको आठौं मिनेटमा बेनको गोलमार्फत थाइल्यान्डले सुरुआती अग्रता लिएको थियो। ५९औं मिनेटमा पोरामेटले अग्रता दोब्बर बनाए र जित दिलाए।