• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
पैसा नरोजेका फर्नान्डेस
खेलपाटी संवाददाता
बुधबार, जेठ २२, २०८२ खेलपाटी संवाददाता
पैसा नरोजेका फर्नान्डेस

काठमाडौं। म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेसले साउदी क्लब अल–हिलालबाट आएको आकर्षक प्रस्ताव अस्वीकार गरेका छन्। 

फर्नान्डेसले भनेका छन्, ‘म अझै पनि सबैभन्दा उच्च स्तरमा फुटबल खेल्न चाहन्छु।’ युनाइटेडले अपेक्षाभन्दा कमजोर सिजनपछि फर्नान्डेसलाई रियादस्थित क्लबले अनुबन्धको प्रस्ताव गरेको हो।

उनले यो कुरा मंगलबार पुष्टि गरेका हुन्। तर, उनले क्लब, प्रशिक्षक र आफ्नो परिवारसँग छलफल गरेपछि उक्त प्रस्ताव अस्वीकार गरेका हुन्।

‘उनीहरूले मलाई सोच्न समय दिए। मैले भनेको थिएँ म्यानचेस्टर युनाइटेडले मलाई जान दिन्छ भने मात्र म जान तयार हुन्छु,’ फर्नान्डेसले अनुवादकमार्फत भने, ‘मैले प्रशिक्षक रुबेन अमोरिमसँग कुरा गरें, उनले मलाई नजान अनुरोध गरे। त्यसपछि मैले युनाइटेडसँग कुरा गरें। क्लबले मलाई बेच्न नचाहेको बतायो। यदि म जान चाहन्थें भने जान सक्थें। तर, युनाइटेडलाई पैसामा बिक्न र खेलाडी बेच्न आवश्यक थिएन।’

मिडिया रिपोर्टअनुसार अल–हिलालले ३० वर्षीय फर्नान्डेसलाई लिन १०० मिलियन पाउन्ड (करिब १८ अर्ब नेपाली रुपैयाँ) तिर्न तयार भएको थियो। यस्तै, प्रतिहप्ता ७ लाख पाउन्ड तलब दिने प्रस्ताव गरिएको थियो। क्लब यसै महिनाको क्लब विश्वकपमा पनि प्रतिस्पर्धा गर्दैछ।

‘यो साँच्चिकै उत्साहजनक प्रस्ताव थियो,’ फर्नान्डेसले भने, ‘अल– हिलालका अध्यक्ष निकै सम्मानजनक व्यवहार गर्ने व्यक्ति हुन्। उनले मेरो मेनेजरसँग कुरा गरे। तर, त्यसपछि मैले श्रीमतीसँग कुरा गरें। उनले मलाई सोधिन्—तिमी भविष्यमा के गर्न चाहन्छौ?’

फर्नान्डेसले गत वर्ष युनाइटेडसँग सन् २०२७ सम्मको सम्झौता नवीकरण गरेका थिए। हालै सम्पन्न सिजन युनाइटेडको लागि निराशाजनक रह्यो। क्लब प्रिमियर लिगमा १५औं स्थानमा रह्यो र च्याम्पियन्स लिगमा छनोट हुन असफल भयो। साथै युरोपा लिगको फाइनलमा टोटनह्यामसँग हार भोग्नु पर्‍यो।

‘हामीसँग लक्ष्य थिए। तर, पूरा गर्न सकेनौं,’ फर्नान्डेसले भने। रियाद जान उनको परिवारलाई सजिलो हुने थियो। विशेषतः पोर्चुगलका दुई खेलाडी रुबेन नेभेस र जोआओ क्यान्सेलो पनि अल–हिलालमै खेलिरहेका छन्।

‘उनीहरूसँग म अभ्यस्त छु। तर, म अझै उच्च स्तरमा र ठूला प्रतियोगिताहरूमा खेल्न चाहन्छु। मलाई थाहा छ, म अझै सक्षम छु। मेरो जीवन, भविष्य, फुटबलप्रतिको भावनाले गर्दा म यो निर्णयबाट सन्तुष्ट छु,’ उनले भने।

फर्नान्डेस पोर्चुगलको टोलीमा छन्। पोर्चुगलले बुधबार म्युनिखमा जर्मनीसँग नेसन्स लिगको सेमिफाइनल खेल्दैछ। विजेता टोलीले आइतबारको फाइनलमा फ्रान्स वा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चित्लाङ फुटबल क्लब सेमिफाइनलमा प्रवेश
चित्लाङ फुटबल क्लब सेमिफाइनलमा प्रवेश
श्रीजनले गरे अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु
श्रीजनले गरे अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु
नेपालले हङकङलाई रोक्यो
नेपालले हङकङलाई रोक्यो
पहिलो हाफमा हङकङ र नेपाल गोलरहित बराबरीमा
पहिलो हाफमा हङकङ र नेपाल गोलरहित बराबरीमा
महिला टोलीका नवनियुक्त मुख्य प्रशिक्षकसँग एक वर्षको सम्झौता
महिला टोलीका नवनियुक्त मुख्य प्रशिक्षकसँग एक वर्षको सम्झौता
‘रोनाल्डोले २०२६ मै विश्वकप जित्न सक्छन्’
‘रोनाल्डोले २०२६ मै विश्वकप जित्न सक्छन्’
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
चेयरम्यान कप चेसमा बाँसबारी च्याम्पियन
चेयरम्यान कप चेसमा बाँसबारी च्याम्पियन
श्रीजनले गरे अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु
श्रीजनले गरे अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु
नेपालले हङकङलाई रोक्यो
नेपालले हङकङलाई रोक्यो
पहिलो हाफमा हङकङ र नेपाल गोलरहित बराबरीमा
पहिलो हाफमा हङकङ र नेपाल गोलरहित बराबरीमा
कर्णालीको जितमा रोशनको अलराउन्ड प्रदर्शन
कर्णालीको जितमा रोशनको अलराउन्ड प्रदर्शन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP