• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
‘चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप’ बुधबारदेखि
खेलपाटी संवाददाता
मंगलबार, जेठ २१, २०८२ खेलपाटी संवाददाता
‘चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप’ बुधबारदेखि

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नं. ४ को आयोजनामा दुई दिने ‘चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप’ बालुवाटारमा बुधबार सुरु हुँदैछ। 

हिमालयन चेस एकेडेमी (एचसिए) ले व्यवस्थापन गर्ने च्याम्पियनसिपमा दर्जन बढी विद्यालयका दुई सय बढी खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। चेस (बुद्धिचाल) खेलको माध्यमबाट स्थानीय विद्यार्थीको क्षमता अभिवृद्धि, प्रतिभा पहिचानसँगै अवसर सिर्जना गर्नका लागि काठमाडौं महानगरपालिका वडा नं.४ ले चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप आयोजना गरेको उल्लेख गर्दै वडाध्यक्ष दिनेश महर्जनले भने, ‘प्रतियोगिताले यस वडाभित्रका विद्यार्थीबिच भाइचारा अभिवृद्धि गर्ने विश्वास छ।’ च्याम्पियनसिपमा कामपा ४ भित्र रहेका विद्यालयमा अध्ययनरत विद्यार्थी तथा वडाबाहिर अध्ययनरत स्थानीय बालबालिकाले प्रतिस्पर्धा गर्नेछन्।

चेसको माध्यमबाट बालबालिकामा रणनीतिक सोचको विकास हुने उल्लेख गर्दै हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिसा खम्बूले भनिन्, ‘चेसले विद्यार्थीको बौद्धिक विकाससँगै अध्ययनलाई पनि राम्रो बनाउँछ। त्यसैले चेसलाई प्राथमिकता दिएकोमा कामपा ४ ले धन्यवाद व्यक्त गर्न चाहन्छु।’

गत वर्षदेखि सञ्चालित एकेडेमीले थापाथलीस्थित आफ्नै हलसँगै थुप्रै विद्यालयमा चेसको नियमित प्रशिक्षण दिँदै आएको छ। उसले एक वर्षभित्रै आठ प्रतियोगिता आयोजना गरिसकेको छ।

बालुवाटारस्थित महेन्द्र राष्ट्रिय माविको हलमा सञ्चालन हुने प्रतियोगितामा खेलाडी अध्ययनरत कक्षाका आधारमा ब्वाइज र गल्र्सका गरी कुल ६ स्पर्धा समावेश गरिएको छ, जसमा कक्षा १ देखि ४, कक्षा ५ देखि ८ र कक्षा ९ देखि १२ छन्। प्रत्येक स्पर्धामा शीर्ष १० खेलाडीले पदक प्राप्त गर्नेछन्।

पदककै आधारमा विद्यालयलाई अंक दिइनेछ र सर्वाधिक अंक हासिल गर्ने विद्यालय चेयरम्यान कप च्याम्पियन बन्नेछ। उत्कृष्ट तीन स्कुलले पुरस्कार पाउनेछन्।

च्याम्पियनसिपका टेक्निकल डिरेक्टर याईशाष यासिर खम्बूका अनुसार स्विस प्रणालीअनुसार सात राउन्डमा प्रतियोगिता सञ्चालन गरिनेछ। खेल १० मिनेट र प्रतिचाल वृद्धि १० सेकेन्डको हुनेछ। पहिलो दिन चार राउन्ड र दोस्रो दिन तीन राउन्डका खेल सञ्चालन गरिनेछ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चेयरम्यान कप चेसमा ३१९ खेलाडीको चुनौती
चेयरम्यान कप चेसमा ३१९ खेलाडीको चुनौती
गणेशले तेलगु टाइटन्सबाट भारतीय प्रो–कबड्डी लिग खेल्ने
गणेशले तेलगु टाइटन्सबाट भारतीय प्रो–कबड्डी लिग खेल्ने
हिमेशको पुस्तक ‘स्वर्णकथा नेपाली फुटबलको’ सार्वजनिक
हिमेशको पुस्तक ‘स्वर्णकथा नेपाली फुटबलको’ सार्वजनिक
घनश्यामले हरियाणाबाटै प्रो–कबड्डी लिग खेल्ने
घनश्यामले हरियाणाबाटै प्रो–कबड्डी लिग खेल्ने
सरकारले उत्कृष्ट महिला खेलाडीलाई विशेष पुरस्कार प्रदान गर्ने
सरकारले उत्कृष्ट महिला खेलाडीलाई विशेष पुरस्कार प्रदान गर्ने
अन्तर्राष्ट्रिय पदकप्राप्त खेलाडी र तिनका सन्ततिलाई छात्रवृत्ति प्रदान गरिने
अन्तर्राष्ट्रिय पदकप्राप्त खेलाडी र तिनका सन्ततिलाई छात्रवृत्ति प्रदान गरिने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
पहिलो हाफमा हङकङ र नेपाल गोलरहित बराबरीमा
पहिलो हाफमा हङकङ र नेपाल गोलरहित बराबरीमा
कर्णालीको जितमा रोशनको अलराउन्ड प्रदर्शन
कर्णालीको जितमा रोशनको अलराउन्ड प्रदर्शन
अलिशको अर्धशतक, कोशीको दोस्रो जित
अलिशको अर्धशतक, कोशीको दोस्रो जित
महिला टोलीका नवनियुक्त मुख्य प्रशिक्षकसँग एक वर्षको सम्झौता
महिला टोलीका नवनियुक्त मुख्य प्रशिक्षकसँग एक वर्षको सम्झौता
पहिलो एनटिए नेश्नल टिम च्याम्पियनसिप असारमा
पहिलो एनटिए नेश्नल टिम च्याम्पियनसिप असारमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP