मंगलबार, ०१ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

‘चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप’ बुधबारदेखि

मंगलबार, २० जेठ २०८२खेलपाटी संवाददाता
‘चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप’ बुधबारदेखि
Classic Tech Internet Ad

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नं. ४ को आयोजनामा दुई दिने ‘चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप’ बालुवाटारमा बुधबार सुरु हुँदैछ। 

हिमालयन चेस एकेडेमी (एचसिए) ले व्यवस्थापन गर्ने च्याम्पियनसिपमा दर्जन बढी विद्यालयका दुई सय बढी खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। चेस (बुद्धिचाल) खेलको माध्यमबाट स्थानीय विद्यार्थीको क्षमता अभिवृद्धि, प्रतिभा पहिचानसँगै अवसर सिर्जना गर्नका लागि काठमाडौं महानगरपालिका वडा नं.४ ले चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप आयोजना गरेको उल्लेख गर्दै वडाध्यक्ष दिनेश महर्जनले भने, ‘प्रतियोगिताले यस वडाभित्रका विद्यार्थीबिच भाइचारा अभिवृद्धि गर्ने विश्वास छ।’ च्याम्पियनसिपमा कामपा ४ भित्र रहेका विद्यालयमा अध्ययनरत विद्यार्थी तथा वडाबाहिर अध्ययनरत स्थानीय बालबालिकाले प्रतिस्पर्धा गर्नेछन्।

चेसको माध्यमबाट बालबालिकामा रणनीतिक सोचको विकास हुने उल्लेख गर्दै हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिसा खम्बूले भनिन्, ‘चेसले विद्यार्थीको बौद्धिक विकाससँगै अध्ययनलाई पनि राम्रो बनाउँछ। त्यसैले चेसलाई प्राथमिकता दिएकोमा कामपा ४ ले धन्यवाद व्यक्त गर्न चाहन्छु।’

गत वर्षदेखि सञ्चालित एकेडेमीले थापाथलीस्थित आफ्नै हलसँगै थुप्रै विद्यालयमा चेसको नियमित प्रशिक्षण दिँदै आएको छ। उसले एक वर्षभित्रै आठ प्रतियोगिता आयोजना गरिसकेको छ।

बालुवाटारस्थित महेन्द्र राष्ट्रिय माविको हलमा सञ्चालन हुने प्रतियोगितामा खेलाडी अध्ययनरत कक्षाका आधारमा ब्वाइज र गल्र्सका गरी कुल ६ स्पर्धा समावेश गरिएको छ, जसमा कक्षा १ देखि ४, कक्षा ५ देखि ८ र कक्षा ९ देखि १२ छन्। प्रत्येक स्पर्धामा शीर्ष १० खेलाडीले पदक प्राप्त गर्नेछन्।

पदककै आधारमा विद्यालयलाई अंक दिइनेछ र सर्वाधिक अंक हासिल गर्ने विद्यालय चेयरम्यान कप च्याम्पियन बन्नेछ। उत्कृष्ट तीन स्कुलले पुरस्कार पाउनेछन्।

च्याम्पियनसिपका टेक्निकल डिरेक्टर याईशाष यासिर खम्बूका अनुसार स्विस प्रणालीअनुसार सात राउन्डमा प्रतियोगिता सञ्चालन गरिनेछ। खेल १० मिनेट र प्रतिचाल वृद्धि १० सेकेन्डको हुनेछ। पहिलो दिन चार राउन्ड र दोस्रो दिन तीन राउन्डका खेल सञ्चालन गरिनेछ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

महिला तथा पुरुष सर्कल कबड्डी प्रतियोगिता खेल्ने नेपालको टोली घोषणा

महिला तथा पुरुष सर्कल कबड्डी प्रतियोगिता खेल्ने नेपालको टोली घोषणा

विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत

विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत

जोन सिनाले छाडे डब्यूडब्यूई, अन्तिम खेलमा गन्थरसँग पराजित

जोन सिनाले छाडे डब्यूडब्यूई, अन्तिम खेलमा गन्थरसँग पराजित

Bajaj Pulsar Motorcycle Ad
आइपीएल अक्सनमा ३ अर्ब ४४ करोड ७२ लाख खर्च, ग्रीन सबैभन्दा महँगा खेलाडी

आइपीएल अक्सनमा ३ अर्ब ४४ करोड ७२ लाख खर्च, ग्रीन सबैभन्दा महँगा खेलाडी

पथरी–११ ट्राइब्रेकरमा विजयी

पथरी–११ ट्राइब्रेकरमा विजयी

१९ वर्षमै कार्तिकले पाए २२ करोड रुपैयाँ

१९ वर्षमै कार्तिकले पाए २२ करोड रुपैयाँ

 ग्रीन बने आइपीएलमा बिक्ने सबैभन्दा महँगा विदेशी खेलाडी

ग्रीन बने आइपीएलमा बिक्ने सबैभन्दा महँगा विदेशी खेलाडी

को हुन् २२ करोडमा चेन्नाईले किनेको वीर ?

को हुन् २२ करोडमा चेन्नाईले किनेको वीर ?

मेसीले मोदीलाई किन भेटेनन्?

मेसीले मोदीलाई किन भेटेनन्?

रेखासम्मिलित माजिया एफएएम महिला फुटबल लिगको उपाधिनजिक

रेखासम्मिलित माजिया एफएएम महिला फुटबल लिगको उपाधिनजिक

महिला तथा पुरुष सर्कल कबड्डी प्रतियोगिता खेल्ने नेपालको टोली घोषणा

महिला तथा पुरुष सर्कल कबड्डी प्रतियोगिता खेल्ने नेपालको टोली घोषणा