काठमाडौं। म्यानचेस्टर सिटीका मिडफिल्डर माटेओ कोभासिचले क्लब विश्वकप गुमाउने भएका छन्। क्लबका अनुसार उनले अकिलिज इन्जुरीका कारण शल्यक्रिया गराएका छन्।
विस्तारित ३२ टोलीको क्लब विश्वकप जुन १४ देखि सुरु हुँदैछ। सिटी रहेको समूहमा युभेन्ट्स, अल ऐन र विडाड कासाब्लाङ्का छन्। सिटीले आफ्नो पहिलो खेल जुन १८ मा खेल्नेछ।
कोभासिचले क्रोएसियाका आगामी विश्वकप छनोट खेल पनि गुमाउने छन्। उनको टोलीले जिब्राल्टर र चेक गणराज्यविरुद्ध खेल्ने तय छ।
यद्यपि, सिटीलाई राहत दिन बलोन डि'ओर विजेता रोड्री फिट भएर फर्किएका छन्। उनले मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाको मिडफिल्डमा थप विकल्प दिनेछन्।