निजगढ। निजगढका फुटबलर सृजनराज गौतम र सुदूरपश्चिमका कुशल देउवा पहिलोपल्ट नेपाली राष्ट्रिय फुटबल टोलीमा समावेश भएका छन्।
हङकङविरुद्ध जुन ५ मा हुने मैत्रीपूर्ण खेल र एएफसी एसियन कप फुटबल छनोटअन्तर्गत जुन १० मा लाओसविरुद्ध हुने खेलको लागि सृजनराज र कुशललाई पहिलोपल्ट टोलीमा समेटिएको हो।
नेपालि राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले किरण चेम्जोङको कप्तानीमा सोमबार २३ सदस्यीय टोली घोषणा गरेका हुन्। ग्रासरुट प्रशिक्षण र नियमित अभ्यासको कारण निजगढबाट पछिल्लो समय बिभिन्न उमेरसमूह र सिनियर राष्ट्रिय टोलीमा महिला तथा पुरुष खेलाडीहरुले स्थान बनाउँदै आएको निजगढ फुटबल क्लबका प्रशिक्षक सन्तोष गुरुङले बताए।
यसअघि निजगढका समीर तामाङले सिनियर टोलीबाट खेलिसकेका छन्। यसपल्ट भने समीर टोलीमा स्थान बनाउन असफल रहे। मैत्रीपूर्ण खेलको लागी नेपाली राष्ट्रिय फुटबल टोलि मंगलबार हङकङ प्रस्थान गर्नेछ।
नेपाली फुटबल टोली
किरण चेम्जोङ (कप्तान), बिशाल सुनार, दीप कार्की, सृजनराज गौतम, अभिषेक लिम्बू,अनन्त तामाङ, अन्जन बिष्ट, एरिक बिष्ट, आयुष घलान, विमल पाण्डे,जिलेस्पीजंग कार्की, कृतिशरत्न छुन्जु, कुशल देउवा,लाकेन लिम्बू, मणिकुमार लामा, मनिष डाँगी, रोहित चन्द, रोहण कार्की, सनिश श्रेष्ठ, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, सुवास बम ठकुरी र योगेश गुरुङ