काठमाडौं। नेपाली राष्ट्रिय टोलीका कप्तान घनश्याम रोक्कामगरले हरियाणा स्टिलर्सबाटै भारतीय प्रो–कबड्डी लिग खेल्ने भएका छन्।
हरियाणाले भारतीय प्रो–कबड्डी लिगको १२औं संस्करणका लागि रेडर घनश्यामलाई रिटेन गरेको जानकारी दिएको हो।
उनले यसअघिका दुई संस्करण पनि हरियाणाबाटै लिग खेलेका थिए। हरियाणाले गत संस्करणमा उनलाई अक्सनबाट १३ लाख भारतीय रूपैयाँमा अनुबन्धित गरेको थियो। यसपटक पनि उनलाई सोही रकममा भित्र्याएको हो।
गत संस्करणमा हरियाणाले फाइनलमा पटना पाइरेट्सलाई ३२–२३ ले पराजित गर्दै उपाधि जितेको थियो।
उनले उक्त संस्करण दुई खेल खेल्दै तीन अंक जोडेका थिए। तर, फाइनलमा भने उनले खेल्न पाएका थिएनन्।