काठमाडौं। नेपालले मैत्रीपूर्ण खेलमा घरेलु टोली थाइल्यान्डसँग गोल खाएको छ।
क्लोज डोरमा भइरहेको खेलमा नेपालले पहिलो हाफ थाइल्यान्डलाई गोलरहित बराबरीमा रोकेको थियो। तर, दोस्रो हाफमा भने गोल खाएको हो। योसँगै नेपाल खेलमा १–० ले पछि परेको छ।
नेपालले यो खेल उज्बेकिस्तानमा हुने एएफसी महिला एसियन कप छनोटको तयारीस्वरूप खेलेको हो।
यसपछि नेपाल र थाइल्यान्डबीच जुन २ मा अर्को मैत्रीपूर्ण फुटबल खेल्ने तय छ। उक्त खेल भने अन्तर्राष्ट्रिय मान्यताप्राप्त हुनेछ।