काठमाडौं। एन्फा यु–१६ युथ लिग असार २० गतेदेखि सुरु हुने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘ए’ डिभिजन क्लबहरूबीच सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार बसेको बैठकले लिगको मिति तय गरेको हो।
एन्फाले लिगमा सहभागी हुने प्रत्येक क्लबलाई तयारी खर्चस्वरूप ३ लाख ५० हजार रुपैयाँ प्रदान गर्ने निर्णय पनि गरेको छ। प्रतियोगितामा सहभागी क्लबले खेलाडी दर्ताका क्रममा अनिवार्य रूपमा नाबालक परिचयपत्र पनि पेश गर्नुपर्ने छ। क्लबहरूले न्यूनतम खेलाडी असार १५ गतेसम्म अनिवार्य रूपमा दर्ता गरिसक्नुपर्नेछ।
त्यस्तै, क्लब दर्ता असार ५ गतेसम्म गर्नुपर्नेछ भने प्रतियोगिताको खेल तालिका असार १६ गते सार्वजनिक गरिने एन्फाले जनाएको छ।