काठमाडौं। नेपालले मैत्रीपूर्ण खेलमा घरेलु टोली थाइल्यान्डलाई पहिलो हाफ गोलरहित बराबरीमा रोकेको छ।
यो खेल क्लोज डोरमा भइरहेको खेलमा दुवै टोलीले केही अवसर बनाए पनि गोल भने गर्न सकेनन्। नेपालले यो खेल उज्बेकिस्तानमा हुने एएफसी महिला एसियन कप छनोटको तयारीस्वरूप खेलेको हो।
यसपछि नेपाल र थाइल्यान्डबीच जुन २ मा अर्को मैत्रीपूर्ण फुटबल खेल्ने तय छ। उक्त खेल भने अन्तर्राष्ट्रिय मान्यताप्राप्त हुनेछ।