काठमाडौं। उज्बेकिस्तानमा हुने एएफसी महिला एसियन कप छनोटको तयारीमा रहेको नेपालले शुक्रबार घरेलु टोली थाइल्यान्डसँग मैत्रीपूर्ण फुटबल खेल्दै छ।
यो खेल क्लोज डोरमा हुन लागेको हो। खेल नेपाली समयअनुसार दिउँसो ३:३० बजेदेखि सुरु हुनेछ।
यसपछि नेपाल र थाइल्याण्डबीच जुन २ मा अर्को मैत्रीपूर्ण फुटबल खेल्ने तय छ। उक्त खेल भने अन्तर्राष्ट्रिय मान्यताप्राप्त हुनेछ।