काठमाडौं। साफ महिला यु–२० च्याम्पियनसिपको तयारीमा रहेको भुटानले मैत्रीपूर्ण खेलमा साउदी अरबलाई पराजित गरेको छ।
किंग फहद स्टेडियममा बिहीबार राति सम्पन्न खेलमा भुटान ३–० ले विजयी भएको हो।
बंगलादेशको ढाकामा जुन ११ देखि २२ सम्म हुने महिला यु–२० च्याम्पियनसिपको तयारीका लागि भुटानले साउदी अरबमा बन्द प्रशिक्षण राखिरहेको छ। उक्त प्रतियोगिताकै तयारीस्वरूप भुटानले साउदी अरबसँग मैत्रीपूर्ण खेल खेलेको हो।
भुटानले पहिलो हाफमा दुई गोल गरेको थियो। अर्को हाफमा भने एक गोल थपेको हो।