काठमाडौं। सरकारले तीन जिल्लामा हाई अल्टिच्यूड स्पोर्ट्स स्टेडियम बनाउने भएको छ।
सोलुखुम्बु, मुस्ताङ र जुम्लामा हाई अल्टिच्यूड स्पोर्ट्स स्टेडियम बनाइने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत जानकारी गराएका हुन्।
‘खेल विधाको विविधीकरण र खेल पर्यटनको प्रद्धर्धन गर्न सोलुखुम्बू, मुस्ताङ र जुम्लामा हाई अल्टिच्यूड स्पोर्ट्स स्टेडियम बनाइने छ,’ उनले भने।
जुम्लाको पातारासी गाउँपालिकाले यसअघि नै लौठचौरमा ‘कर्णाली हाई अल्टिच्यूड ट्रेनिङ सेन्टर’ निर्माणका लागि डीपीआर तयार गरिसकेको थियो। उक्त सेन्टर बन्न १७ करोड लागत अनुमान गरिएको थियो।
गण्डकी प्रदेश सरकारले मुस्ताङको बारागुँ मुक्तिक्षेत्र गाँउपालिकामा हाई अल्टिच्युट खेल मैदान(ट्रेनिङ सेन्टर) निर्माणको योजना अघि सारेको थियो। त्यो पनि पिल्लर उठाएर अलपत्र पारिएको छ। सोलुखुम्बुमा पनि घोषणा गरिएको ट्रेनिङ सेन्टरको काम अगाडी बढ्न सकेको छैन।