काठमाडौं। नेपाली यु–२० महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले साफ यु–२० महिला च्याम्पियनसिपका लागि ४० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्।
जिल्ला र प्रदेशस्तरीय तथा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न अन्तिम चरणको छनोट प्रक्रिया पछि यी खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको हो।
नेपालले २०२५ जुन ११ देखि २२ सम्म बंगलादेशमा आयोजना हुने साफ यु–२० महिला च्याम्पियनसिप खेल्नेछन्।
छनोटमा परेका खेलाडी:
अमिता भुल, अनिशा राई, अस्मिता गुरुङ, अवानी राजेश्वरी, बर्षा ओली, भावना परियार, बिर्सना चौधरी, गंगा रोकाया, गायत्री मल्ल, झुमा विश्वकर्मा, जुना तामाङ, कविता गुरुङ, करुण बुढाथोकी, कुसुम खतिवडा, लिला चन्द, लिला जोशी, मनिषा सेन, मरिना लामा, माया मास्के, मीना देउवा, प्रतीमा शर्मा, पुनम चेम्जोङ, पूर्णिमा राई, रोजिता विष्ट, रूपा लिम्बू, सबिता मण्डल, सजिना स्याङ्ताङ, समीक्षा मगर, संगीता अधिकारी, सनिमा माया लो, सरिताकुमारी नाथ, सेमिहाङ्गमा लिम्बू पन्धाक, सेनु परियार, सिमरन राई, सीता रोकाया, सुजाता तामाङ, सुकरीया मिया, सुनिता बिके, सुनिता सुनार र सुशिला केसी।