बिहिबार, १७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

चेल्सीले नचाहेको उपाधि

बिहिबार, १५ जेठ २०८२खेलपाटी संवाददाता
चेल्सीले नचाहेको उपाधि
Loading ad...
mustang rice ad

काठमाडौं। अमेरिकी मालिकको अत्यधिक खर्चपछि पनि अपेक्षित सफलताबाट टाढा रहेको चेल्सीले अन्ततः एउटा उपाधि जितेको छ। यद्यपि, यो चेल्सीले चाहेको उपाधि भने होइन।

बुधबार पोल्यान्डको व्रोक्लावमा भएको कन्फरेन्स लिगको फाइनलमा चेल्सीले रियल बेटिसलाई ४–१ ले हराउँदै युइएफएका सबै चारवटा क्लब प्रतियोगिता जित्ने इतिहास बनाएको हो।

यसअघि चेल्सीले १९७१ र १९९८ मा कप विनर्स कप (अहिले बन्द भएको प्रतियोगिता), २०१२ र २०२१ मा च्याम्पियन्स लिग र २०१३ र २०१९ मा युरोपा लिग जितेको थियो। ती सबै उपाधि रुसका धनाढ्य रोमन अब्रामोविचको स्वामित्वकालमा भित्रिएका हुन्।

अब्रामोविच युग २०२२ मा रुस–युक्रेन युद्धपछि समाप्त भएको थियो। त्यसपछि क्लब टोड बोहलीको नेतृत्वमा रहेको अमेरिकी समूहले किनेको हो। उक्त समूहले पछिल्ला केही सिजनमा क्लब पुनःनिर्माणको नाममा करिब साढे एक अर्ब डलर खर्च गरेको छ, जुन मुख्यतः युवा खेलाडीमा गरिएको लगानी हो।

रियल बेटिसले खेलको नवौं मिनेटमा एब्डेसामद एजालजौलीको गोलमार्फत अग्रता लिएको थियो। पहिलो हाफमा बेटिस बलियो देखिए पनि दोस्रो हाफमा चेल्सीले जबरजस्त पुनरागमन गर्‍यो।

कोल पल्मरले सुरुमा एक सुन्दर क्रसमार्फत एन्जो फर्नान्डेजलाई गोल गर्न सहयोग गरे। त्यसपछि उनले अर्को जादुमय चालमा निकोलस ज्याक्सनबाट गोल गराए।

बेन्चबाट आएका जाडोन सान्चोले ८३औं मिनेटमा गोल गरे। म्यानचेस्टर युनाइटेडबाट लोनमा आएका उनको यो अन्तिम खेल हुनसक्छ। त्यसपछि मोइसेस काइसेडोले इन्जुरी समयको अन्त्यतिर चौथो गोल थपे।

चोटपटकपछि फर्किएका कप्तान रिस जेम्स सुरुआती ११ मा थिएनन्। तर, पहिलो हाफमा मैदानमा ओर्लेर ठूलो प्रभाव पारे। उनले खेलपछि भने,‘म्याचको पहिलो हाफ हाम्रो लागि निकै कमजोर रह्यो।

दोस्रो हाफमा पुनरागमन आवश्यक थियो। त्यो देखाउन हामी सफल भयौं।’ जेम्सले ट्रफी उठाउँदा मैदानमा टोड बोहली उपस्थित थिए। उनले खेलाडीलाई बधाइ दिए।

यो नतिजासँगै लगातार २३ फाइनल जित्ने स्पेनी क्लबको यात्रामा पुनविराम लागेको छ। यी क्लबले सन् २००१/०२ सिजनदेखि लगातार युरोपेली फाइनलमा जित्दै आएका थिए। रियल बेटिसको यो पहिलो युरोपियन फाइनल थियो। तर, इतिहास बनाउन भने सकेन।

यस जितसँगै चेल्सीले सिजनको अन्त्य सुखद बनाएको छ। अघिल्लो साता प्रिमियर लिगमा चौथो स्थान हासिल गर्दै च्याम्पियन्स लिगमा छनोट भएको थियो। प्रशिक्षक एन्जो मारेस्काको यो सिजन चेल्सीका लागि राम्रोसँग समाप्त भएको छ।

‘हामी पहिलो हाफसम्म संघर्ष गर्यौं। तर, दोस्रो हाफमा सुधार गर्‍यौं। हामी निकै खुसी छौं,’ मारेस्काले भने।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

पीएसजी भर्सेस बायर्न : क्लासिकको रूपमा सम्झिने खालको खेल !

पीएसजी भर्सेस बायर्न : क्लासिकको रूपमा सम्झिने खालको खेल !