काठमाडौं। मे बैंक च्यालेन्ज कपमा इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड पराजित भएको छ।
मलेसियाको क्वालालाम्पुरस्थित स्टेडियम नेसनल बुकित जलिलमा बुधबार सम्पन्न खेलमा असियन अल स्टार्ससँग पाहुना टोली युनाइटेड १–० ले पराजित भएको हो।
असियनलाई जित दिलाउन माउङ माउङ ल्विनले गरेको गोल नै निर्णायक रह्यो।
युनाइटेडले पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो। तर, ७२औं मिनेटमा ल्विनले गोल गरेका हुन्।