आर्मी च्याम्पियन
सोमबार, १२ जेठ २०८२खेलपाटी संवाददाता

काठमाडौं। विभागीय टोली त्रिभुवन आर्मी क्लबले सोमबार प्रथम सहिद स्मृति महिला राष्ट्रिय रग्बी सेभेन्सको उपाधि जितेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा आर्मीले विभागीय प्रतिद्वन्द्वी एपिएफलाई २०–५ ले पराजित गर्यो। उपाधिसँगै आर्मीले १ लाख नगद पुरस्कार हात पार्यो भने एपीएफले ५० हजार नगद पुरस्कार पायो।
सहिद स्मृति स्पोटर्स एकेडेमीको आयोजना र नेपाल रग्बी संघको प्राविधिक सहयोग तथा व्यवस्थापनामा भएको प्रतियोगितामा आर्मीकी मुना सोरेन उत्कृष्ट खेलाडी घोषित भइन्। सोरेनले ७ हजार नगद पुरस्कार पाइन्।









%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)



