टिआईए, पारामाउन्ट र भ्याली पब्लिकलाई स्किब्स कप
काठमाडौं। टिआईए, पारामाउन्ट एकेडेमी र भ्याली पब्लिकले नवौं स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन्।
टिआईए सिनियर ब्वाइज, पारामाउन्ट जुनियर ब्वाइज र भ्याली पब्लिक सिनियर गल्र्समा च्याम्पियन बने। बसुन्धरास्थित आयोजक स्किब्सको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा टीआईएले न्युटनलाई २१–१२ ले पराजित गर्यो।
जुनियर ब्वाइजको फाइनलमा पारामाउन्टले ज्ञान निकेतनलाई १९–७ ले हरायो। सिनियर गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले त्रिज्योतिलाई २१–८ ले पाखा लगायो।
सिनियर ब्वाइजमा टिआईएका वर्दान थापा, जुनियर ब्वाइजमा पारामाउन्टका सुदीप घले र सिनियर गल्र्समा भ्याली पब्लिककी दृष्य गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए।
विजेतालाई टोखा नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत शेरबहादुर बिसी, टोखा नगर प्याब्सनका अध्यक्ष एवं स्किब्सका प्रिन्सिपल अरुण केसी, पारामाउन्टका प्रिन्सिपल मुकुन्द पाण्डेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। तीनदिने प्रतियोगिताको सिनियर ब्वाइजमा ३२, जुनियर ब्वाइजमा २३ र सिनियर गल्र्समा १६ टिम सहभागी थिए।







-1761730672592.jpg&w=3840&q=75)


-1761707860126.webp&w=3840&q=75)
-1761705403613.webp&w=3840&q=75)


