काठमाडौं। श्री चन्द्रविन्दु इन्टरनेसनल बोर्डिङ स्कुल (स्किब्स) को आयोजनामा नवौं स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ।
प्रतियोगितामा विभिन्न ४ विधामा ४४ विद्यालयका ७५ टिमको सहभागिता रहने स्किब्सका प्रिन्सिपल अरुण केसीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। सिनियर ब्वाइजमा ३२, सिनियर गर्ल्स १६, जुनियर ब्वाइजमा २३ र स्टाफमा ४ टिमले भाग लिने छन्।
सिनियर ब्वाइज, सिनियर गर्ल्स र जुनियर ब्वाइजको खेल लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गराइने छ। स्टाफको खेल राउन्ड रोविन लिग पद्धतिमा हुनेछ। लिगमै हासिल गरेको अंकका आधारमा विजेताको चयन गरिने छ।
विजेताले १० हजार र उपविजेताले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। बाँकी तीन विधामा नगद पुरस्कार राखिएको छैन। प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख ५० हजार रुपैयाँ खर्च हुने स्किब्सका को–ओर्डिनेटर एवं इसीए इन्चार्ज सागर शर्माले जानकारी गराए।
दुईदिने प्रतियोगिताका खेलहरु बसुन्धारास्थित आयोजकको कोर्टमा खेलाइनेछ।