काठमाडौं। टुसाल युवा क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा रेलिगेसन क्षेत्र छाडेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न दोस्रो खेलमा टुसालले नयाँबस्ती युथ क्लबलाई २–१ ले पराजित गरेको हो। जितसँगै टुसाल १० खेलमा १० अंक जोडेर १०औं स्थानमा उक्लिएको छ। यता, पराजित नयाँबस्ती समान खेलबाट आठ अंकसहित १२औं स्थानमा झरेको छ।
टुसालको जितमा दिपेश लिम्बू र विनोद नेम्वाङले गोल गरे। नयाँब स्तीका लागि श्रीकृष्ण तामाङले गोल फर्काए पनि टोलीको हार टार्न सकेनन्।
दिपेशले २१औं मिनेटमा टोलीलाई अग्रता दिलाए। ५२औं मिनेटमा नयाँबस्तीकाले श्रीकृष्णको गोलमा पुनरागमन गर्यो। उनले पेनाल्टी अवसरलाई गोलमा परिणत गरे।
निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा विनोदले गोल गर्दै टुसालको जित सुनिश्चित गरे।