• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
बंगलादेशका विद्रोही १८ खेलाडीले गरे केन्द्रीय सम्झौता
खेलपाटी संवाददाता
मंगलबार, वैशाख २३, २०८२ खेलपाटी संवाददाता
बंगलादेशका विद्रोही १८ खेलाडीले गरे केन्द्रीय सम्झौता

काठमाडौं। बंगलादेश राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक पीटर बटलरविरुद्ध विद्रोह गरेका सबै १८ खेलाडीले केन्द्रीय सम्झौता गरेका छन्। 

बंगलादेश फुटबल महासंघ (बिएफएफ) ले ती खेलाडीलाई सम्झौतामा ल्याएको हो। सिनियर खेलाडी सबिना खातुन, सन्जिदा अख्तर र मारिया मन्डालगायतका विद्रोही खेलाडीले बिएफएफसँग ६ महिनाको सम्झौता गरेका हुन्।

बिएफएफ महिला विभागकी अध्यक्ष तथा कार्यकारिणी सदस्य महफुजा अख्तर किरोनका अनुसार योसँगै सम्झौतामा रहने खेलाडीको संख्या ५४ पुगेको छ। बिएफएफले यसअघि ३६ नयाँ खेलाडीसँग सम्झौता गरेको थियो।

‘बाँकी सबै १८ खेलाडीहरूले ६ महिनाको लागि सम्झौता गरेका छन्। जुन उनीहरूले हस्ताक्षर गरेको मितिदेखि लागु हुन्छ,‘ उनले भनिन्। यी १८ मध्ये आठ खेलाडी अहिले बटलरको बन्द प्रशिक्षमा सहभागी छन्।

सम्बन्धित समाचार
  • राष्ट्रिय टोली छाडेर भुटनिज लिग खेल्न पुगे ६ बंगलादेशी खेलाडी

सबिना, मारिया, मोनिका चक्मा, माशुरा परविन, कृष्णा रानी सरकार, रितु पर्ना चक्मालगायतका १० खेलाडी भुटानमा चलिरहेको महिला राष्ट्रिय लिग खेलिरहेका छन्। ‘हामीले भुटानमा रहेका १० खेलाडीहरूलाई अनलाइनमार्फत सम्झौताका कागजात पठायौं र उनीहरूले हस्ताक्षर गरेर फिर्ता पठाए,’ किरोनले भनिन्।

बिएफएफ स्रोतअनुसार १८ खेलाडीहरूलाई चार श्रेणीमा विभाजन गरिएको छ। ‘ए’ श्रेणीमा १२ खेलाडीले मासिक ५५ हजार टका (नेपाली ६१ हजार रुपैयाँ) पाउनेछन्। ‘बी’ श्रेणीमा एकले ४० हजार, ‘सी’ श्रेणीमा एकले ३० हजार र ‘डी’ श्रेणीका चार खेलाडीले २५ हजार टका मासिक तलब पाउनेछन्।

गत जनवरीमा सिनियर खेलाडीहरू र इङ्लिस प्रशिक्षक बटलरबीच तनाव झनै चर्किएको थियो। त्यही बेला बिएफएफले मार्चमा हुने फिफा मैत्रीपूर्ण खेलका लागि बन्द प्रशिक्षणमा रहेका सबै ५५ खेलाडीलाई नयाँ सम्झौता गर्न प्रस्ताव गरेको थियो। तर, ती १८ खेलाडीले प्रशिक्षक बटलरको राजीनामा माग गर्दै सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए।

तर, यो विवाद मार्चको अन्त्यतिर समाप्त भएको हो। विवाद अन्त्य भएसँगै विद्रोही खेलाडीहरू ईद ब्रेकपछि बटलरको प्रशिक्षणमा फर्कन तयार भएका थिए। अधिकांश खेलाडी अप्रिल ६ मा प्रशिक्षणमा फर्किएका हुन्। तर, सबिना, मोनिका, रितु पर्ना र सुमैया भुटान महिला लिग खेल्न गएका थिए। केही दिनपछि थप ६ खेलाडी भुटान पुगे।

बंगलादेश महिला टोलीले मे ३१ र जुन ३ मा जोर्डन र इन्डोनेसियाविरुद्ध दुई फिफा मैत्रीपूर्ण खेल खेल्ने तालिका छ।

भुटानमा रहेका खेलाडीको छनोट कसरी हुने भन्ने प्रश्नमा किरोनले भनिन्,‘यो निर्णय मुख्य प्रशिक्षककै जिम्मेवारी हो। उहाँले खेलाडीहरूको फिटनेस र प्रदर्शनको मूल्यांकन गरेर टोली छनोट गर्नुहुनेछ।’

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दोस्रो पथरीशनिश्चरे गोल्डकप कार्तिकमा
दोस्रो पथरीशनिश्चरे गोल्डकप कार्तिकमा
८० लाख बजेटले मेसी र रोनाल्डो जन्माउने ओलीको सपना !
८० लाख बजेटले मेसी र रोनाल्डो जन्माउने ओलीको सपना !
प्रभावशाली बार्सिलोना
प्रभावशाली बार्सिलोना
‘पेलेदेखि मेसी र रोनाल्डोभन्दा राम्रा खेलाडी उत्पादन गर्छौं’
‘पेलेदेखि मेसी र रोनाल्डोभन्दा राम्रा खेलाडी उत्पादन गर्छौं’
बालबालिकालाई ओली भन्छन्,‘तिमीहरू हुर्किँदासम्म ५० हजार दर्शकले हेर्ने रंगशाला तयार भइसक्छ’
बालबालिकालाई ओली भन्छन्,‘तिमीहरू हुर्किँदासम्म ५० हजार दर्शकले हेर्ने रंगशाला तयार भइसक्छ’
साफ यु–१७ च्याम्पियनसिप : पहिलो खेलमै नेपाल र श्रीलंका भिड्ने
साफ यु–१७ च्याम्पियनसिप : पहिलो खेलमै नेपाल र श्रीलंका भिड्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
भारोत्तोलनको नेतृत्वमा कानन
भारोत्तोलनको नेतृत्वमा कानन
एनपिएलको हिसाब : २८ करोड आम्दानी, क्यानलाई साढे २ करोड नाफा
एनपिएलको हिसाब : २८ करोड आम्दानी, क्यानलाई साढे २ करोड नाफा
दोस्रो पथरीशनिश्चरे गोल्डकप कार्तिकमा
दोस्रो पथरीशनिश्चरे गोल्डकप कार्तिकमा
८० लाख बजेटले मेसी र रोनाल्डो जन्माउने ओलीको सपना !
८० लाख बजेटले मेसी र रोनाल्डो जन्माउने ओलीको सपना !
प्रभावशाली बार्सिलोना
प्रभावशाली बार्सिलोना
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP