काठमाडौं। च्यासल युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा तेस्रो स्थानमा उक्लिने मौका गुमाएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा अन्नपूर्ण क्लब (आरसिटी)ले च्यासलललाई ३–२ ले पराजित गरेको हो। योसँगै आरसिटी १० खेलबाट ११ अंकसहित नवौं स्थानमा उक्लिएको छ। तर, रेलिगेसनको संकट भने अझै टरिसकेको छैन।
च्यासल भने समान खेलबाट १४ अंकका साथ छैटौं स्थानमा छ। आरसिटीको जितमा अजित गुरुङ, अभिषेक भोलान र सञ्जय लिम्बूले गोल गरे। अश्विन घोरासैनी र अनिश थारुले गोल फर्काए पनि च्यासललाई अंक दिलाउन सकेनन्।
खेलको ११औं मिनेटमै अजितको गोलमार्फत च्यासलले सुरुआती अग्रता लिएको थियो। ४२औं मिनेटमा अभिषेकले उक्त अग्रता दोब्बर बनाए।
तर, पहिलो हाफको अतिरिक्त समयमा अश्विनले गोल गर्दै च्यासललाई २–१ को स्थितिमा ल्याए। ७१औं मिनेटमा सञ्जयले गोल गर्दै आरसिटीको अग्रता ३–१ मा पुर्याए। तर, निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदा अनिशले गोल गर्दै च्यासललाई खेलमा फर्काउने प्रयास गरे।
यद्यपि, उनको प्रयास सफल हुन सकेन र च्यासलले तेस्रो स्थानमा उक्लिने मौका गुमायो।