काठमाडौं। नेपाल एएफसी यु–२३ एसियन कप २०२६ छनोटमा ‘पट’ ४ मा परेको छ।
एसियन फुटबल महासंघ (एएफसी)ले सोमबार सार्वजनिक गरेको ‘ड्र’ तालिकामा नेपाल ‘पट’मा ४ मा परेको हो। सिडिङ ‘पट’ पछिल्ला तीन यु–२३ एसियन कप (२०२०, २०२२, २०२४) का समग्र प्रदर्शनको आधारमा निर्धारण गरिएको हो।
‘पट’मा ४ मा नेपालसहित अफगानिस्तान, बंगलादेश, मंगोलिया, गुआम, पाकिस्तान, मकाउ, ब्रुनाइ, भुटान र नर्थ मारिना आयरल्यान्ड छन्।
भारत भने ‘पट’ ३ मा परेको छ। एएफसीका अनुसार ‘ड्र’ मे २९ मा मलेसियाको क्वालालम्पुरस्थित एएफसी मुख्यालयमा स्थानीय समय अनुसार दिउँसो २ बजे हुने तय छ।
यस छनोट प्रतियोगितामा ४४ वटा यु–२३ राष्ट्रिय टोली सहभागी हुनेछन्। ती टोलीलाई ११ समूहमा विभाजन गरिनेछ। छनोट खेलहरू सेप्टेम्बर १ देखि ९ सम्म सञ्चालन हुनेछन्।
प्रत्येक समूहको शीर्ष टोली र चार उत्कृष्ट उपविजेता टोलीले २०२६ मा साउदी अरबमा आयोजना हुने प्रतियोगितामा स्थान बनाउनेछन्। आयोजक राष्ट्र साउदी भने सिधै छनोट भइसकेको छ।a