कोलकाताको रोमाञ्चक जित, प्लेअफको सम्भावना कायमै

काठमाडौं। कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा राजस्थान रोयल्समाथि एक रनको रोमाञ्चक जित दर्ता गरेको छ। यससँगै टोलीले प्लेअफको आशा जीवित राखेको छ।
घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा चार विकेट गुमाएर २०६ रन बनाएको थियो। जवाफमा राजस्थानले २० ओभरमा सात विकेट गुमाएर २०५ रन बनाउन सक्यो। टोलीलाई जितको लागि अन्तिम बलमा तीन रन आवश्यक थियो। तर, शुभम दुबेले दुई रन मात्र बनाउन सके। नन स्ट्राइकमा उभिएका जोफ्रा आर्चर रन आउट भए।
राजस्थानका कप्तान रियान परागले ४५ बलमा ९५ रन बनाए। उनले लगातार ६ बलमा ६ छक्का प्रहार गरे। रियानले मोइन अलीको ओभरमा पाँचौं छक्का र वरुण चक्रवर्तीको ओभरमा छैटौं छक्का प्रहार गरे। उनी आइपिएलको इतिहासमा लगातार ६ बलमा ६ छक्का प्रहार गर्ने पहिलो ब्याट्सम्यान बने।
परागबाहेक यशस्वी जयसवालले ३४, शिमरोन हेटमायरले २९ र शुभम दुबेले अविजित २५ रन बनाए।
मोइन अली, हर्षित राना र वरुण चक्रवर्तीले समान दुई विकेट लिए ।
कोलकताका आन्द्रे रसेलले २५ बलमा ५७ रन बनाएर अविजित रहे। उनले ६ छक्का र चार चौका प्रहार गरे। रिंकु सिंहले ६ बलमा १९ रन बनाएर अविजित रहे। यी दुईबाहेक अङ्क्रिश रघुवंशीले ४४, रहमानुल्लाह गुरबाजले ३५ र कप्तान अजिंक्य रहाणेले ३० रनको योगदान दिए ।
जोफ्रा आर्चर, युधवीर सिंह, महेश थेक्षाना र कप्तान रियान परागले समान एक विकेट लिए ।






-1762758084543.jpg&w=3840&q=75)



-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)


