काठमाडौं। नेपाली राष्ट्रिय महिला टोली अभ्यास खेलमा दिल्लीसँग पराजित भएको छ। आइतबार भएको खेलमा दिल्ली ३२ रनले विजयी भएको हो।
दिल्लीले दिएको १३८ रनको लक्ष्य पछ्याएको नेपालले चार बल बाँकी रहँदै सबै विकेट गुमाउँदै १०५ रन मात्रै बनाउन सक्यो।
नेपालकी रुविना क्षेत्री बेलबासेले सर्वाधिक ३८ रन बनाइन्। ४० बल खेलेका उनले तीन चौका र दुई छक्का प्रहार गरिन्।
कप्तान इन्दु बर्मा १८ र उपकप्तान पूजा महतो १५ रनमा आउट हुँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्। दिल्लीकी लपरले सर्वाधिक चार विकेट लिइन्।
त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३७ रन बनाएको थियो।
दिल्लीका नजमा खानले सर्वाधिक ८० रन बनाइन्। ५८ बल खेलेकी उनले १० चौका र एक ५क्का प्रहार गरिन्।
दिक्क्षा शर्मा २६ र पर १७ रनमा आउट भइन्। नेपालकी सबनम राईले सर्वाधिक तीन विकेट लिइन्। कविता जैशी र मनिषा उपाध्ययको नाममा समान दुई विकेट लियो।