काठमाडौं। अमित बछारको निर्णायक गोलसँगै वीरगञ्ज युनाइटेड सहिद स्मारक ‘बी’ डिभिजन लिगमा स्थानमा उक्लिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न खेलमा वीरगञ्जले मध्यपुर युथ क्लबलाई १–० ले पराजित गरेको हो।
यो नतिजासँगै वीरगञ्जले नौ खेलबाट १५ अंक पुर्याएको छ। समान खेलबाट मध्यपुरको आठ अंक छ। अमितले पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा गोल गरेका हुन्।