काठमाडौं। लिओनल मेसीको एक गोल र एक असिस्टसँगै आइतबार इन्टर मियामीले न्यूयोर्क रेड बुल्सलाई ४–१ ले पराजित गरेको छ। ड
लाससँग ४–३ को हारसँगै आठ खेलको अपराजित यात्रा टुंगाएको मियामी पुनः जितको लयमा फर्किएको हो।
फाफा पिकोल्टले लगातार दोस्रो खेलमा गोल गरे भने लुइस सुआरेजले मार्च २ पछि पहिलोपटक गोल गर्न सफल भए। खेलको ६७औं मिनेटमा मेसीले अन्तिम गोल गरे।
खेलको नवौं मिनेटमा पिकोल्टले मियामीलाई अग्रता दिलाए। उनले हाफ भलीमार्फत गोल गरेका हुन्। ३०औं मिनेटमा वेगान्ड्टले आफ्नै शटको रिबाउन्डमा गोल गर्दै २–० को अग्रता दिलाए। ३९औं मिनेटमा सुआरेजले रिबाउन्डमा सजिलै गोल गरे।
रेड बुल्सका लागि ४३औं मिनेटमा मोहम्मद सोफोले उमर भालेन्सियाको कर्नरमा हेडर गर्दै खेल ३–१ बनाए। तर, त्यो पर्याप्त रहेन।