सोमबार, २२ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

एमबाप्पेबिना अझ सशक्त पिएसजी

बुधबार, १७ बैशाख २०८२खेलपाटी संवाददाता
एमबाप्पेबिना अझ सशक्त पिएसजी
Classic Tech Internet Ad

काठमाडौं। पेरिस सेन्ट–जर्मेन (पिएसजी) फेरि एकपटक इङ्ल्यान्डबाट उच्च मनोबलसहित फर्किंदैछ। यो टोली च्याम्पियन्स लिगको दोस्रो फाइनल यात्रा अब केही हातको दुरीमा छ।

मंगलबार राति भएको सेमिफाइनलको पहिलो लेगमा ओस्मान डेम्बेलेले खेलको चौथो मिनेटमै गरेको गोलले पिएसजीलाई आर्सनलविरुद्ध १–० को जित दिलायो। खेलको अन्त्यतिर केही अवसरहरू नचुकाएको भए अग्रता अझ फराकिलो हुन सक्थ्यो।

यो एक सानदार रात थियो। हामीले अझ गोल गर्न सक्थ्यौं। तर, १–० को नतिजामा सन्तुष्ट छौं। अब हामी फाइनल पुग्न सबैथोक गर्नेछौं, पिएसजीका मिडफिल्डर भिटिन्हाले भने। 

पहिले नै प्रिमियर लिग च्याम्पियन लिभरपुल र एस्टन भिल्लालाई नकआउट चरणमा हराइसकेको पिएसजीले आर्सनललाई पनि विपक्षीको घरेलु मैदानमा नै पराजित गर्‍यो। गत अक्टोबरमा यही स्टेडियममा आर्सनलसँग पिएसजी २–० ले पराजित भएको थियो। तर, यसपटक टोलीले परिपक्वता देखायो।

हरेक खेलमा चम्किने खेलाडी किलियन एमबाप्पेबिना नै यो युवा टोली अझ सशक्त देखिएको छ। उल्लेखनीय कुरा के हो भने एमबाप्पेको रियल मड्रिडले यही मैदानमा क्वार्टरफाइनलमा ३–० को हार बेहोरेको थियो।

खेलको सुरुमा नै पिएसजीले आर्सनललाई दबाबमा राख्दै आक्रमण थालेको थियो। चौथो मिनेटमा ख्विचा ख्वारात्स्खेलियाको पासमा डेम्बेलेले पहिलो टचमै गोल गर्दै टिमलाई अग्रता दिलाए। त्यो गोल बनाउन पिएसजीले लगातार २६ पास खेलेको थियो, जुन सन् २००३–०४ यता च्याम्पियन्स लिगमा टोलीको सर्वाधिक हो।

हामीले हाम्रो शैली देखायौं। हामीले जसरी खेल्ने गर्छौं, त्यसरी नै खेल्दै सुरुमै गोल गर्यौं, पिएसजीका प्रशिक्षक लुइस एनरिकेले भने। आर्सनल भने पहिलो सेमिफाइनलमा सन् २००९ यता पुगेको थियो। तर, मध्यपंक्तिका खेलाडी थोमस पार्टे प्रतिबन्धित भएपछि टोली थप दबाबमा देखियो।

पिएसजीको तीव्र खेल शैलीलाई आर्सनलले रोक्न सकेन। पहिलो हाफमा फ्रेन्च टोलीले पूर्ण दबाब राख्यो। उनीहरूले खेलको सुरुमै गोल गरे र पहिलो १५–२० मिनेटसम्म पूर्ण नियन्त्रणमा राखेका थिए थिए। तर, यो त केवल पहिलो हाफ हो, सकारात्मक पक्षमा लिन्छौं, आर्सनलका गोलकिपर डेविड राया भन्छन्।

ख्वारात्स्खेलियाले लगातार आर्सनललाई अप्ठ्यारोमा पारिरहे। उनले १७ औं मिनेटमा पेनाल्टीको माग गरे र २६ औं मिनेटमा रायाले सट बचाए। ३१औं मिनेटमा डेसाइर डोउएको प्रयास पनि उनले जोगाए।

पहिलो हाफको केहीअघि ग्याब्रियल मार्टिनेलीको सटलाई जियानलुइजी डोनारुम्माले एक हातले अद्भुत बचाउ गर्दै आर्सनललाई बराबरी गर्न दिएनन्। दोस्रो हाफमा आर्सनलले सुधारिएको प्रदर्शन गर्‍यो। डेक्लान राइसको फ्रिकिकमा मिकेल मेरिनोले हेडरमार्फत गोल गरेका थिए। तर, लामो भिएआर जाँचपछि अफसाइड ठहरियो।

पछि लिआन्ड्रो ट्रोसार्डको सटलाई पनि डोनारुम्माले कुशलतापूर्वक बचाए। यही त हो गोलकिपरको काम हो। होइन र? उनीहरू त्यसैका लागि दिनरात अभ्यास गर्छन्, प्रशिक्षक एनरिकेले भने।

पिएसजीका वैकल्पिक खेलाडी ब्राडली बारकोला र गोन्कालो रामोसले खेलको अन्त्यतिर स्पष्ट मौका पाएका थिए। तर, गोल गर्न सकेनन्। बारकोलाको प्रहार थोरै फराकिलो भयो भने रामोसको प्रहार बारमा ठोकियो।

अब हामी पेरिसमा गएर जित्नैपर्छ। च्याम्पियन्स लिग फाइनल पुग्न विशेष केही गर्नैपर्छ र हामी त्यो गर्न तयार छौं, आर्सनल प्रशिक्षक मिकेल आर्टेटाले भने।

दुवै टोली आफ्नो पहिलो च्याम्पियन्स लिग उपाधि जित्ने लक्ष्यमा छन्। पिएसजीले सन् २०२० मा बायर्न म्युनिखसँग फाइनल हार बेहोरेको थियो। आर्सनल भने २००६ मा बार्सिलोनासँग पराजित हुँदा उपविजेता भयो। अब अर्को सेमिफाइनलमा बुधबार बार्सिलोना र इन्टर मिलान आमनेसामने हुँदैछन्।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

इस्ट बंगालको सानदार जित

इस्ट बंगालको सानदार जित

टुओम्बा खुकुरी कपको उपाधि व्रिसबेन नेप्लिज फुटबल क्लबलाई

टुओम्बा खुकुरी कपको उपाधि व्रिसबेन नेप्लिज फुटबल क्लबलाई

सान्तोसका लागि वरदान साबित भएका नेयमार

सान्तोसका लागि वरदान साबित भएका नेयमार

Bajaj Pulsar Motorcycle Ad
नासा नेपाललाई 'प्रेसिडेन्सियल अवार्ड'

नासा नेपाललाई 'प्रेसिडेन्सियल अवार्ड'

कराँचीको लगातार बराबरी, नासरिनलाई पहिलो अंक

कराँचीको लगातार बराबरी, नासरिनलाई पहिलो अंक

कल्बा जुडोमा सकुनलाई रजत

कल्बा जुडोमा सकुनलाई रजत

इस्ट बंगालको सानदार जित

इस्ट बंगालको सानदार जित

लेखनाथमा प्रथम जुनियर तेक्वान्दो हुने

लेखनाथमा प्रथम जुनियर तेक्वान्दो हुने

एनपीएलमा सर्वाधिक रन बनाउने खेलाडीलाई ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’

एनपीएलमा सर्वाधिक रन बनाउने खेलाडीलाई ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’

टुओम्बा खुकुरी कपको उपाधि व्रिसबेन नेप्लिज फुटबल क्लबलाई

टुओम्बा खुकुरी कपको उपाधि व्रिसबेन नेप्लिज फुटबल क्लबलाई

रेनुले एसियन युथ पारा गेम्स खेल्ने

रेनुले एसियन युथ पारा गेम्स खेल्ने