सोमबार, मंसिर २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

पोखरालाई हराउँदै ललितपुरले दोस्रोपल्ट जित्यो उपाधि

शनिबार, बैशाख १३, २०८२खेलपाटी संवाददाता
पोखरालाई हराउँदै ललितपुरले दोस्रोपल्ट जित्यो उपाधि
Classic Tech Internet Ad

काठमाडौं। बारम्बार हात हालाहालको स्थितिमा पुगेको नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा पोखरा थन्डर्सलाई पराजित गर्दै ललितपुर सिटी एफसीले लगातार दोस्रोपल्ट उपाधि हात पारेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा ललितपुरले दुई विदेशी खेलाडीको गोलमा २–१ को जित हात पारेको हो। ललितपुरले गत संस्करणमा धनगढी एफसीलाई ३–२ ले पराजित गर्दै पहिलोपल्ट उपाधि जितेको थियो।

यसपल्ट भने ललितपुर र पोखराले धनगढीलाई पाखा लगाउँदै फाइनलमा स्थान बनाएका थिए। ललितपुरले अपराजित रहँदै उपाधि जित्दा पहिलोपल्ट फाइनल पुगेको पोखराका लागि भने यो खेल पीडादायी बन्यो। 

ललितपुरलाई जित दिलाउन इजिकेलले यसपल्ट पनि उत्कृष्ट प्रदर्शन गरे। उनले एक गोल र एक असिस्ट गरे। ललितपुरलाई गत संस्करणको उपाधि दिलाउँदा पनि उनले दुई गोल गरेका थिए।

अर्को गोल भने पापा इबु केबले गरेका हुन्। पोखराका सुदील राईले गरेको गोल सान्त्वनाबाहेक केही रहेन। ललितपुरलाई सुरुआती अग्रता लिन ४२औं मिनेटसम्म कुर्न परेको थियो।

तर, इजिकेलले लामो समयको प्रतीक्षा अन्त्य गर्दिए। मनोज राईले दिएको क्रसलाई पोखराका गोलकिपर प्रिसोले रोक्ने प्रयास गरेका थिए। तर, सही जजमेन्ट गर्न नसक्दा इजिकेलले सिक्स यार्ड बक्सनजिकबाट हेडर गर्दै गोलमा परिणत गरे।

उनलाई समीर तामाङ र एकराज बूढाथोकीले पनि रोक्न सकेनन्।प्रतियोगितामा उनको यो तेस्रो गोल हो।

तर, ६४औं मिनेटमा सुदीलले पोखरालाई खेलमा फर्काए। स्टेफन समीर बिनोङले हेडरमार्फत प्रहार गरेको बललाई ललितपुरका गोलकिपर जेफ्री बाल्टुसले सेभ गरेका थिए।

तर, रिबाउन्डमा आएको बललाई सुदीलले गोलमा परिणत गरे। उनलाई ललितपुरका डिफेन्डर सनिश श्रेष्ठले रोक्न सकेनन्। प्रतियोगितामा सुदीलको यो दोस्रो गोल हो।

तर, १० मिनेटपछि नै ललितपुर पुन: खेलमा फर्कियो। इजिकेलले पेनाल्टी बक्सनजिकबाट दिएको बललाई पापाले कन्ट्रोल गर्दै गोलमा परिणत गरे। पोखराका दुई डिफेन्डर नजिकै भए पनि उनलाई रोक्न सकेनन्।

पापाको पनि यो दोस्रो गोल हो। दुई गोलले पछाडि परेसँगै पोखराका खेलाडी केही आक्रोसित बनेका थिए। पहिलो हाफमा कुनै दृश्य नदेखिए पनि दोस्रो हाफमा भने दुवै टोलीबीच हात हालाहाल र धकेलाधकेलको स्थित देखिएको थियो। तर, ललितपुरलाई त्यसले केही फरक पारेन र उपाधि पुन: आफ्नो पोल्टामा पार्‍यो।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पीडामा इटाली

पीडामा इटाली

नेयमारको सान्तोस रेलिगेसनबाट बच्यो

नेयमारको सान्तोस रेलिगेसनबाट बच्यो

विश्वकप छनोटमा इङ्ग्ल्यान्डको १०० प्रतिशत जित

विश्वकप छनोटमा इङ्ग्ल्यान्डको १०० प्रतिशत जित

Bajaj Pulsar Motorcycle Ad
पीडामा इटाली

पीडामा इटाली

नेयमारको सान्तोस रेलिगेसनबाट बच्यो

नेयमारको सान्तोस रेलिगेसनबाट बच्यो

विश्वकप छनोटमा इङ्ग्ल्यान्डको १०० प्रतिशत जित

विश्वकप छनोटमा इङ्ग्ल्यान्डको १०० प्रतिशत जित

रोनाल्डो छैटौं विश्वकपतर्फ अघि बढ्दै

रोनाल्डो छैटौं विश्वकपतर्फ अघि बढ्दै

सिद्धार्थ र कुन्वरवर्तीको फराकिलो जित

सिद्धार्थ र कुन्वरवर्तीको फराकिलो जित

एन्फा प्रेसिडेन्ट लिगको उपाधिका लागि लालीगुराँस र चित्लाङ भिड्ने

एन्फा प्रेसिडेन्ट लिगको उपाधिका लागि लालीगुराँस र चित्लाङ भिड्ने

जेसीआई सिद्धार्थको खेलकुद कार्यक्रम

जेसीआई सिद्धार्थको खेलकुद कार्यक्रम

लालीगुराँस एन्फा प्रेसिडेन्ट लिगको उपाधिनजिक

लालीगुराँस एन्फा प्रेसिडेन्ट लिगको उपाधिनजिक