इजिकेलको गोलमा ललितपुरलाई अग्रता
शनिबार, बैशाख १३, २०८२खेलपाटी संवाददाता

काठमाडौं। साबिक विजेता ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा पोखरा थन्डर्सविरुद्ध सुरुआती अग्रता लिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी देलमा ललितपुरले १–० को अग्रता लिएको हो। ललितपुरलाई इमो इजिकेलले सुरुआती अग्रता दिलाएका हुन्। उनले खेलको ४२औं मिनेटमा गोल गरे।
मनोज राईले दिएको क्रसलाई पोखराका गोलकिपर प्रिसोले रोक्ने प्रयास गरेका थिए। तर, सही जजमेन्ट गर्न नसक्दा इजिकेलले सिक्स यार्ड बक्सनजिकबाट हेडर गर्दै गोलमा परिणत गरे।
उनलाई समीर तामाङ र एकराज बूढाथोकीले पनि रोक्न सकेनन्। जारी प्रतियोगितामा उनको यो तेस्रो गोल हो।








-1763309767672.webp&w=3840&q=75)




