काठमाडौं। ब्राजिली लिजेन्ड रोबर्टो कार्लोसले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फ्रिकिकमार्फत दुई गोल हानेका छन्।
पोखरा थन्डर्स र धनगढी एफसीविरुद्धक दोस्रो क्वालिफायरमा उनले गोल गरेका हुन्। उनले फ्रिकिक प्रहार गरिरहँदा ललितपुर सिटी एफसीका गोलकिपर समित श्रेष्ठले गोलपोस्ट सम्हालेका थिए।
उनले कुल पाँचपल्ट प्रहार गरेका थिए। दुईपल्ट भने समितले रोके। एक प्रहार भने आकासिएको थियो।