अपराजित रहँदैै सिजन सक्काउने तरखरमा पिएसजी

काठमाडौं। फ्रेन्च च्याम्पियन पेरिस सेन्ट–जर्मेन (पिएसजी) अब लिग १ को सिजन अपराजित समाप्त गर्न चार खेल टाढा मात्रै रहेको छ। मंगलबार नान्टेससँगको १–१ को बराबरीपछि पिएसजी लिगमा अपराजित यात्रा कायम राख्न सफल भएको हो।
यो सिजन पिएसजीको मात्र छैटौं बराबरी हो। यस अंकले पिएसजीलाई दोस्रो स्थानको मार्सेलीलाई २३ अंकले पछि पार्दै शीर्ष स्थानमा अझ बलियो बनाएको छ।
खेलको समाप्तिमा पिएसजीका प्रशिक्षक लुइस एनरिकेले नान्टेसका प्रशिक्षक एन्टोइन कोम्बोउआरलाई अँगालो हालेका थिए। कोम्बोउआर पिएसजीका पूर्वखेलाडी र प्रशिक्षक हुन्। खेलको ३३औं मिनेटमा पोर्चुगलका मिडफिल्डर भिटिन्हाले पेनाल्टी क्षेत्रको छेउबाट हाफ–भलीमार्फत सुन्दर गोल गर्दै पिएसजीलाई अग्रता दिलाए।
दोस्रो हाफको सुरुआतमै नान्टेसका विंगर मोसेस साइमनले नान्टेसको डिफेन्समा समस्या निम्त्याए। खेलको ६०औं मिनेटमा नान्टेसका जीन–चार्ल्स कास्टेलेट्टोको तल्लो प्रहारलाई गोलकिपर गियानलुइजी डोनारुम्माले उत्कृष्ट बचाउ गरे।
नान्टेसका गोलकिपर प्याट्रिक कार्लग्रेनले पनि नान्टेसका ब्राडली बारकोलाको प्रहारलाई रोकेर आफ्नो टोलीलाई खेलमा कायम राखे। तर, ८३औं मिनेटमा नान्टेसले बराबरी गोल गर्यो। स्ट्राइकर माथिस अब्लाइनले राम्रो दौड लगाउँदै गोल गरे।
पिएसजी इन्जुरी समयमा जितनजिक पुर्याएको थियो। तर, स्ट्राइकर गोन्सालो रामोसले डेसिरे डोएको क्रसमा प्रहार गर्दा बल बारमा ठोक्कियो। अब पिएसजी शुक्रबार पाँचौं स्थानको नाइससँग घरेलु मैदानमा भिड्दैछ। नाइस अर्को सिजनको च्याम्पियन्स लिगको स्वचालित स्थानका लागि संघर्षरत छ।






-1766318481555.jpeg&w=3840&q=75)
-1766281833800.webp&w=3840&q=75)
-1766280673568.webp&w=3840&q=75)

-1766305902285.jpeg&w=3840&q=75)

