• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
दबाबमा सिटी
खेलपाटी संवाददाता
बुधबार, वैशाख १०, २०८२ खेलपाटी संवाददाता
दबाबमा सिटी

काठमाडौं। म्यानचेस्टर सिटीले मंगलबार प्रिमियर लिगमा एस्टन भिल्लामाथि २–१ को रोमाञ्चक जित हात पार्दै च्याम्पियन्स लिग छनोटतर्फ ठूलो पाइला अघि बढाएको छ। यसमा मुख्यप्रशिक्षक पेप ग्वार्डिओला खुसीले निकै उत्साहित भएका छन्।

इतिहाद स्टेडियममा म्याथिउस नुनेसले इन्जुरी समयमा निर्णायक गोल गरेपछि ग्वार्डिओला मुस्कुराउँदै आफ्नो मुठ्ठी बाँधेर हर्ष व्यक्त गरे। ‘म निकै खुसी भएँ, म यो स्वीकार्छु,’ ग्वार्डिओलाले भने। यो जितले हालसम्म उतारचढावपूर्ण रहेको सिटीको सिजनलाई केही हदसम्म सुधार्ने विश्वास गरिएको छ।

यो जितपछि चार पटक लगातार लिग उपाधि जितेको सिटी ६१ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ। प्रिमियर लिगको शीर्ष पाँच टोलीले युरोपेली क्लब फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगमा स्थान बनाउनेछन्।

नुनेसले इन्जुरी समयको चौथो मिनेटमा जेरेमी डोकुको लो क्रसलाई प्रयोग गर्दै साँघुरो कोणबाट गोल गरेका थिए। खेल बराबरीमा टुंगिने देखिएको थियो। पहिलो हाफमा बर्नार्डो सिल्भाको गोललाई मार्कस रासफोर्डले पेनाल्टीमार्फत बराबरीमा ल्याएका थिए।

हाल तेस्रोदेखि सातौं स्थानसम्मका टोलीबीच जम्मा चार अंकको अन्तर भएकाले च्याम्पियन्स लिगको अन्तिम स्थानका लागि कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

सिटीको शीर्ष पाँचमा पुग्ने सम्भावना अझै जीवित छ। यद्यपि, यो सिजनको सुरुआत अपेक्षाकृत कमजोर रहेको थियो। सिजनको मध्यतिर नै उपाधि होड कमजोर बनेको थियो र च्याम्पियन्स लिग पनि प्लेअफमै टुंगिएको थियो।

‘हामीमाथि च्याम्पियन्स लिगमा पुग्न ठूलो दबाब छ। यदि हामी बाँकी चार खेल जित्न सक्यौं भने यो जित अत्यन्तै महत्त्वपूर्ण सावित हुनेछ,’ ग्वार्डिओलाले भने।

हाल नटिंघम फरेस्ट र न्युक्यासललाई पछि पार्दै सिटी तेस्रो स्थानमा पुगेको छ। चेल्सी छैटौं र एस्टन भिल्ला ५७ अंकसहित सातौं स्थानमा छन्। यो सिजन इङ्ल्यान्डका क्लबहरूले युरोपेली प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकाले प्रिमियर लिगलाई पाँचौं च्याम्पियन्स लिग स्थान थपिएको छ।

यद्यपि, सिटी र भिल्लाले शीर्ष पाँच प्रतिस्पर्धीहरूले भन्दा एक खेल बढी खेलेका छन्। बाँकी चार खेलमा सिटीले सम्पूर्ण जित हात पार्न सके च्याम्पियन्स लिग स्थान सुरक्षित हुनेछ।

यदि यस्तो भयो भने सिटी लगातार १५औं सिजन च्याम्पियन्स लिगमा छनोट हुनेछ, जुन ग्वार्डिओलाको प्रिमियर लिगमा हालसम्मको प्रभुत्वपश्चात एक सकारात्मक अन्त्य बन्न सक्छ।

यो सिजनको अन्त्यसँगै केभिन डे ब्रुइन, बर्नार्डो सिल्भा र इल्के गुनडोगनजस्ता खेलाडी क्लबबाट विदा हुने चर्चा पनि चलिरहेको छ। सिटीका लागि पहिलो गोल सातौं मिनेटमा ओमार मर्मोसको कटब्याकबाट बर्नार्डो सिल्भाले नजिकबाट गरे।

म्यानचेस्टर युनाइटेडबाट ऋणमा आएका मार्कस रासफोर्डले सुरुआतमै पोस्टमा प्रहार गरेर खेल बराबरीमा ल्याए। उनले पेनाल्टीमा गोल गरेका हुन्। उक्त पेनाल्टी रुबेन डायसले जेकब र्याम्सीमाथि फाउल गरेपछि भिएआरमार्फत दिइएको थियो।

यो हारले भिल्लाको लगातार दोस्रो सिजन च्याम्पियन्स लिगमा छनोट हुने आशामा धक्का लागेको छ। ४१ वर्षपछि पहिलोपटक यस सिजन च्याम्पियन्स लिगमा फर्किएको टोली अहिले क्वार्टरफाइनलमा पुगेको छ।

‘आज हार भए पनि अझै खेल बाँकी छन्, अझै अंकहरू बाँकी छन्। हामीसँग च्याम्पियन्स लिगमा पुग्ने अवसरहरू छन्,’ भिल्ला प्रशिक्षक उनई एमरीले भने।

सिटी र भिल्ला दुवै एफए कपको सेमिफाइनलमा पनि छन्। भिल्लाले शनिबार क्रिस्टल प्यालेससँग खेल्नेछ भने सिटीले आइतबार नटिंघम फरेस्टसँग भिड्नेछ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सेमिफाइनलबाटै बाहिरियो नेपाल
सेमिफाइनलबाटै बाहिरियो नेपाल
बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिए
बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिए
पहिलो हाफमा गोल भएन
पहिलो हाफमा गोल भएन
मेसी विश्वकप छनोट खेल्न अर्जेन्टिना फर्किए
मेसी विश्वकप छनोट खेल्न अर्जेन्टिना फर्किए
यमलको सिजन !
यमलको सिजन !
बंगलादेशलाई हराउन सक्छौं ?
बंगलादेशलाई हराउन सक्छौं ?
umbro nepal
  • ताजा समाचार
  • खेल आज
सेमिफाइनलबाटै बाहिरियो नेपाल
सेमिफाइनलबाटै बाहिरियो नेपाल
बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिए
बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिए
पहिलो हाफमा गोल भएन
पहिलो हाफमा गोल भएन
मेसी विश्वकप छनोट खेल्न अर्जेन्टिना फर्किए
मेसी विश्वकप छनोट खेल्न अर्जेन्टिना फर्किए
नेपाल सुपर थ्रीमा
नेपाल सुपर थ्रीमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP