• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
ठूलो उपाधि जित्ने लक्ष्यमा रोनाल्डो
खेलपाटी संवाददाता
बुधबार, वैशाख १०, २०८२ खेलपाटी संवाददाता
ठूलो उपाधि जित्ने लक्ष्यमा रोनाल्डो

काठमाडौं। क्रिस्टियानो रोनाल्डो केही समय विश्रामपछि अब साउदी अरबमा आफ्नो पहिलो ठूलो उपाधि जित्ने लक्ष्यमा फर्किएका छन्।

गत सिजन साउदी प्रो लिगमा ३५ गोल गर्दै कीर्तिमान बनाएका ४० वर्षीय रोनाल्डोले यस सिजन पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। तर, सन् २०२२ को डिसेम्बरमा अल–नासरमा अनुबन्धित भएदेखि हालसम्म कुनै ठूला उपाधि जित्न भने सकेका छैनन्।

रोनाल्डोको टोली अल–नासरले शनिबार जापानको योकोहामा एफ मारीनोसविरुद्ध एसियन च्याम्पियन्स लिग एलिट क्वार्टरफाइनल खेल्नेछ। साउदी राजधानी रियादस्थित यो क्लबले अहिलेसम्म कुनै महादेशीय उपाधि जित्न सकेको छैन। 

तर, हाल यो खेल जेद्दामा आयोजना हुने भएकाले घरेलु मैदानको फाइदा समेत अल–नासरले उठाउने अपेक्षा गरिएको छ। रोनाल्डोलाई यसै साता घरेलु लिग खेलमा विश्राम दिइएको थियो। यसले गर्दा उनी यो प्रतियोगिताका लागि पूर्ण रूपमा तयार छन्।

प्रशिक्षक स्टेफानो पियोलीसँग जोन ड्यूरान (एस्टन भिलाबाट १० करोड डलरमा अनुबन्धित), लिभरपुलका पूर्वस्टार साडियो माने र स्पेनी डिफेन्डर अयमेरिक लापोर्टेजस्ता खेलाडीको भरपर्दो टोली छ।

पियोलीले मंगलबार भने,‘अब हाम्रो पूरै ध्यान एसियामा छ। हामीले यसका लागि कडा मिहिनेत गरेका छौं र म खेलाडीहरूको प्रदर्शनबाट सन्तुष्ट छु।’ पछिल्लो सिजनको फाइनलमा पराजित भएको योकोहामा अहिले जापानी लिगमा अन्तिम स्थानमा छ। 

अन्तिम सात खेलबाट जम्मा दुई अंक मात्रै जोडेको छ। क्लबले गत साता इङ्ल्यान्डका पूर्वसहायक प्रशिक्षक स्टिभ होल्यान्डलाई बर्खास्त गरेको थियो। उनीसँग क्लबको सम्झौता अझै चार महिना बाँकी नै थियो।

‘खाली स्थान पूर्ति गर्न अस्ट्रेलियाली प्रशिक्षक प्याट्रिक किस्नोर्बोलाई अस्थायी जिम्मेवारी दिइएको छ,’ क्लबले एक विज्ञप्तिमा भनेको छ।

रियालको अर्को क्लब अल–हिलालले चार पटक एसियन उपाधि जितिसकेको छ। अल–हिलालले शुक्रबार दक्षिण कोरियाली क्लब ग्वाङ्जु एफसीसँग खेल्दैछ। ग्वाङ्जु पहिलो पटक यो प्रतियोगितामा सहभागी भएको हो।

अल–हिलाललाई लिगको शीर्ष स्थानमा पुग्न कठिन देखिएको छ। त्यसको उसको नजर एसियन उपाधिमा नै केन्द्रीत छ। ‘एसियन च्याम्पियन्स लिग मेरो व्यक्तिगत सपना हो, जुन मैले क्लबसँग अझै जितेको छैन। यो समर्थक र क्लब अध्यक्षको पनि सपना हो र हामी हरेक खेल जित्न खेलिरहनेछौं,’ प्रशिक्षक जोर्ज जेससले भने।

तेस्रो साउदी क्लब अल–अहली दुई पटकको फाइनलिस्ट हो। मे ३ मा जेद्दामा हुने फाइनल अघि थाइल्यान्डको बुरीराम युनाइटेडसँग क्वार्टरफाइनल खेल्नेछ। चारमध्ये एउटामात्र क्वार्टरफाइनलमा साउदी क्लब छैन। त्यो खेल आइतबार कतारको दुई पटकको च्याम्पियन अल–सद्द र जापानको कावासाकी फ्रन्टालेबीच हुनेछ। 

कावासाकी आफ्नो पहिलो उपाधिको खोजीमा छ।
 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिए
बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिए
पहिलो हाफमा गोल भएन
पहिलो हाफमा गोल भएन
मेसी विश्वकप छनोट खेल्न अर्जेन्टिना फर्किए
मेसी विश्वकप छनोट खेल्न अर्जेन्टिना फर्किए
यमलको सिजन !
यमलको सिजन !
बंगलादेशलाई हराउन सक्छौं ?
बंगलादेशलाई हराउन सक्छौं ?
बार्सिलोनाले जित्यो २८औंपल्ट ला लिगाको उपाधि
बार्सिलोनाले जित्यो २८औंपल्ट ला लिगाको उपाधि
umbro nepal
  • ताजा समाचार
  • खेल आज
बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिए
बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिए
पहिलो हाफमा गोल भएन
पहिलो हाफमा गोल भएन
मेसी विश्वकप छनोट खेल्न अर्जेन्टिना फर्किए
मेसी विश्वकप छनोट खेल्न अर्जेन्टिना फर्किए
नेपाल सुपर थ्रीमा
नेपाल सुपर थ्रीमा
यमलको सिजन !
यमलको सिजन !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP