मंगलबार, ०८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

ठूलो उपाधि जित्ने लक्ष्यमा रोनाल्डो

बुधबार, १० बैशाख २०८२खेलपाटी संवाददाता
ठूलो उपाधि जित्ने लक्ष्यमा रोनाल्डो
Loading ad...
mustang rice ad

काठमाडौं। क्रिस्टियानो रोनाल्डो केही समय विश्रामपछि अब साउदी अरबमा आफ्नो पहिलो ठूलो उपाधि जित्ने लक्ष्यमा फर्किएका छन्।

गत सिजन साउदी प्रो लिगमा ३५ गोल गर्दै कीर्तिमान बनाएका ४० वर्षीय रोनाल्डोले यस सिजन पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। तर, सन् २०२२ को डिसेम्बरमा अल–नासरमा अनुबन्धित भएदेखि हालसम्म कुनै ठूला उपाधि जित्न भने सकेका छैनन्।

रोनाल्डोको टोली अल–नासरले शनिबार जापानको योकोहामा एफ मारीनोसविरुद्ध एसियन च्याम्पियन्स लिग एलिट क्वार्टरफाइनल खेल्नेछ। साउदी राजधानी रियादस्थित यो क्लबले अहिलेसम्म कुनै महादेशीय उपाधि जित्न सकेको छैन। 

तर, हाल यो खेल जेद्दामा आयोजना हुने भएकाले घरेलु मैदानको फाइदा समेत अल–नासरले उठाउने अपेक्षा गरिएको छ। रोनाल्डोलाई यसै साता घरेलु लिग खेलमा विश्राम दिइएको थियो। यसले गर्दा उनी यो प्रतियोगिताका लागि पूर्ण रूपमा तयार छन्।

प्रशिक्षक स्टेफानो पियोलीसँग जोन ड्यूरान (एस्टन भिलाबाट १० करोड डलरमा अनुबन्धित), लिभरपुलका पूर्वस्टार साडियो माने र स्पेनी डिफेन्डर अयमेरिक लापोर्टेजस्ता खेलाडीको भरपर्दो टोली छ।

पियोलीले मंगलबार भने,‘अब हाम्रो पूरै ध्यान एसियामा छ। हामीले यसका लागि कडा मिहिनेत गरेका छौं र म खेलाडीहरूको प्रदर्शनबाट सन्तुष्ट छु।’ पछिल्लो सिजनको फाइनलमा पराजित भएको योकोहामा अहिले जापानी लिगमा अन्तिम स्थानमा छ। 

अन्तिम सात खेलबाट जम्मा दुई अंक मात्रै जोडेको छ। क्लबले गत साता इङ्ल्यान्डका पूर्वसहायक प्रशिक्षक स्टिभ होल्यान्डलाई बर्खास्त गरेको थियो। उनीसँग क्लबको सम्झौता अझै चार महिना बाँकी नै थियो।

‘खाली स्थान पूर्ति गर्न अस्ट्रेलियाली प्रशिक्षक प्याट्रिक किस्नोर्बोलाई अस्थायी जिम्मेवारी दिइएको छ,’ क्लबले एक विज्ञप्तिमा भनेको छ।

रियालको अर्को क्लब अल–हिलालले चार पटक एसियन उपाधि जितिसकेको छ। अल–हिलालले शुक्रबार दक्षिण कोरियाली क्लब ग्वाङ्जु एफसीसँग खेल्दैछ। ग्वाङ्जु पहिलो पटक यो प्रतियोगितामा सहभागी भएको हो।

अल–हिलाललाई लिगको शीर्ष स्थानमा पुग्न कठिन देखिएको छ। त्यसको उसको नजर एसियन उपाधिमा नै केन्द्रीत छ। ‘एसियन च्याम्पियन्स लिग मेरो व्यक्तिगत सपना हो, जुन मैले क्लबसँग अझै जितेको छैन। यो समर्थक र क्लब अध्यक्षको पनि सपना हो र हामी हरेक खेल जित्न खेलिरहनेछौं,’ प्रशिक्षक जोर्ज जेससले भने।

तेस्रो साउदी क्लब अल–अहली दुई पटकको फाइनलिस्ट हो। मे ३ मा जेद्दामा हुने फाइनल अघि थाइल्यान्डको बुरीराम युनाइटेडसँग क्वार्टरफाइनल खेल्नेछ। चारमध्ये एउटामात्र क्वार्टरफाइनलमा साउदी क्लब छैन। त्यो खेल आइतबार कतारको दुई पटकको च्याम्पियन अल–सद्द र जापानको कावासाकी फ्रन्टालेबीच हुनेछ। 

कावासाकी आफ्नो पहिलो उपाधिको खोजीमा छ।
 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हजार गोलबाट ३१ कदम टाढा रोनाल्डो

हजार गोलबाट ३१ कदम टाढा रोनाल्डो

इटहरी गोल्डकपको उपाधि गछियालाई

इटहरी गोल्डकपको उपाधि गछियालाई

मछिन्द्र सेमिफाइनलमा

मछिन्द्र सेमिफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
हजार गोलबाट ३१ कदम टाढा रोनाल्डो

हजार गोलबाट ३१ कदम टाढा रोनाल्डो

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

इटहरी गोल्डकपको उपाधि गछियालाई

इटहरी गोल्डकपको उपाधि गछियालाई

हेमन्त चुटिदा नेपाल पराजित

हेमन्त चुटिदा नेपाल पराजित

युएईलाई नेपालको ७८ रनको लक्ष्य

युएईलाई नेपालको ७८ रनको लक्ष्य

मछिन्द्र सेमिफाइनलमा

मछिन्द्र सेमिफाइनलमा

रेखाको ह्याट्रिकसँगै पुलिस क्वार्टरफाइनलमा

रेखाको ह्याट्रिकसँगै पुलिस क्वार्टरफाइनलमा

नेपाल र युएईबीचको खेल वर्षका कारण रोकियो

नेपाल र युएईबीचको खेल वर्षका कारण रोकियो