विभागीय डर्बीमा आर्मीलाई हराउँदै पुलिस फाइनलमा
मंगलबार, बैशाख ९, २०८२खेलपाटी संवाददाता

नेपालगञ्ज। विभागीय डर्बीमा त्रिभुवन आर्मीलाई हराउँदै नेपाल पुलिस क्लब लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
नेपालगञ्ज रंगशालामा मंगलबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा पुलिस टाइब्रेकरमा ६–५ ले विजयी भएको हो।
निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले समान १–१ गोल गरेसँगै खेलको छिनोफानो टाइब्रेकरमार्फत गरिएको हो। जसमा पुलिस विजयी भयो।













