नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक शुक्रबार आउने
मंगलबार, बैशाख ९, २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक स्टुअर्ट ल आगामी शुक्रबार नेपाल आइपुग्ने भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान)ले उक्त जानकारी दिएको हो।
गत चैत १५ गते उनी नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए।













