प्लानिङ ब्वाइजलाई ब्रिगेडले रोक्यो
मंगलबार, बैशाख ९, २०८२खेलपाटी संवाददाता

काठमाडौं। ब्रिगेड ब्वाइज क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा शीर्ष स्थानको प्लानिङ ब्वाइज युनाइटेडलाई रोकेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा मंगलबार सम्पन्न खेलमा यी दुई टोलीले गोलरहित बराबरी खेलेका हुन्।
हालसम्म अपराजित गरेको एक्लो टोली प्लानिङ ब्वाइजको यो पहिलो बराबरी हो। प्लानिङ व्बाइजले सात खेलबाट १९ अंक पुर्याएको छ।
दोस्रो स्थानको श्री भगवती क्लबको भने समान खेलबाट १७ अंक छ। ब्रिगेड भने नौ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ।













