काठमाडौं। वैशाखको अन्तिम साता एसियन ई-स्पोर्ट्स च्याम्पियनसिपको आयोजना हुने भएको छ। ई स्पोट्स संघ नेपाल (ईशान) को आयोजनामा प्रतियोगिता बैशाख २६, २७ र २८ गते हुन लागेको हो।
अनलाईनमार्फत हुने प्रतियोगितामा नेपालका शीर्ष तीन क्लबसहित एसियाका १३ देशका टिमले चुनौती पेस गर्नेछन्।
ईशानको राष्ट्रिय प्रतियोगितामा शीर्ष स्थान हासिल गर्ने टिमले नेपालको प्रतिनिधित्व गर्नेछन् भने एसियाका १३ देशका टिमको सहभागीतालाई निश्चित गरेको अध्यक्ष अञ्जन धमलाले जानकारी दिए।
प्रतियोगितामा मलेसिया, इन्डोनेसिया, भियतनाम, फिलिपिन्स, पाकिस्तान, बंगलादेश, जोर्डन, सिरिया, लाओस, लेबनान, मंगोलिया, श्रीलंका, माल्दिभ्ससहित नेपालबाट तीन टिम डीआरएस गेमिंग, नेपाल होर ई-स्पोर्ट्स र नेपेक्स ई-स्पोर्ट्सले प्रतिस्पर्धा गर्नेछन्।
एउटा भर्चुअल एरिनामा एसियाका उत्कृष्ट गेमरलाई एकताबद्ध गर्न प्रतियोगिता उपयोगी हुने विश्वास संघले लिएको धमलाले जानकारी दिए।