कभर हट्यो, खेल अझै अनिश्चित

काठमाडौं। आइसिसी यू–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानको बीचमा निर्णायक खेल अझै अनिश्चित बनेको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले खेल बिहान तल्लो मूलपानी क्रिकेट रंगशालामा ९:३० बजे सुरु हुने जनाएको थियो। तर, १:१८ बजिसक्दा पनि अझै सुरु हुन नसकेको हो।
शुक्रबार रातिदेखि नै काठमाडौंका अधिकांश स्थानमा वर्षा भएको थियो। त्यसकारण मैदानको आउटफिल्ड भिजेको कारण टस र खेल हुन ढिला भएको हो।
पछिल्लो साढे तीन घण्टादेखि मूलपानीमा वर्षा भएको छैन। मैदानको कभर हटाइएको छ। बाउन्ड्री लाइन मिलाउने काम भइरहेको छ। तर, भिजेको आउटफिल्ड सुकाउन भने क्यानका ग्राउन्ड स्टाफलाई गाह्रो परिरहेको छ।
सुपर सापर एउटा मात्रै हुँदा ग्राउन्ड स्टाफले कपडा, स्पोन्स र जुडका बोरा प्रयोग गरेर आउटफिल्डमा जमेका पानी हटाउने प्रयास गरिरहेका छन्। त्यही पनि आउटफिल्डका केही भागमा अझै पानी रहेको कारण खेल हुने या नहुने अझै अनिश्चित बनेको हो। अम्पायरले अब १:३० मा मैदान निरीक्षण गर्नेछन्।
नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ। किनभने समान ६ अंक रहे पनि अफगानिस्तान नेट रनरेटमा नेपालभन्दा अगाडि छ ।
यो खेल रद्द भएका दुवै टोली अंक बाँड्नेछन्। नेटरनरेटमा अगाडि भएको कारण अफगानिस्तान विश्वकपमा छनोट हुनेछ ।








-1762758084543.jpg&w=3840&q=75)

-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)