पब्जी मोबाइल ग्लोबल ओपनमा टिटुकेको चुनौती
मंगलबार, चैत २५, २०८१खेलपाटी संवाददाता

काठमाडौं। पब्जी मोबाइल ग्लोबल ओपनमा नेपालको टिटुकेले चुनौती प्रस्तुत गर्ने भएको छ।
उज्वेकिस्तानको तास्केन्टमा प्रतियोगिता अप्रिल १० देखि १४ तारिखसम्म हुने तय छ। उक्त प्रतियोगितामा सहभागिता जनाउन चार खेलाडीसहित ६ सदस्यीय नेपाली टोली मंगलबार तास्केन्ट प्रस्थान गरेको छ।
प्रतियोगितामा सुविन प्रजापति (कप्तान), मौसम गुरुङ, दीपेश गुरुङ र अजय श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन्। टोलीको नाम टिटुके राखिएको हो। प्रशिक्षकमा विपुल भट्टराई तथा व्यवस्थापकमा संगीता गुरुङ रहेका छन्।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य एवं ई स्पोर्ट्स एसोसिएसन नेपाल (ईशान) अध्यक्ष अञ्जन धमलाले मंगलबारै एक कार्यक्रमबीच बिदाइ गरे।







-1762154705887.png&w=3840&q=75)








