क्योकुसिन खुला कराँतेमा नेपाललाई ६ स्वर्ण
मंगलबार, १५ माघ २०७५खेलपाटी संवाददाता

काठमाडौं । भारतको मुम्बइमा भएको क्कुसिन खुला कराँतेमा नेपाली खेलाडीले ६ स्वर्ण जितेका छन् । स्वर्ण बाहेक ३ रजत र १ कांस्य जितेको नेपाल टिम च्याम्पियन समेत बन्न सफल भएको आईएफकेके नेपालका ब्रान्च चिफ प्रेम लामाले जनाएका छन् ।
पुरुष ५० केजीमा आङ निमा शेर्पा, ५५ केजीमा दीपेन्द्र क्षेत्री, ६५ केजीमा विकास गुरुङ तथा खुला कातामा सुनील नगरकोटीले नेपाललाई स्वर्ण दिलाए । बाँकी स्वर्ण महिला ५५ केजीमा शान्ति थापा मगर तथा खुलामा मन्जु विकले जिते ।
रजत विजेतामा पुरुष खुलामा सनी सिंह, पुरुष ६५ केजीमा हरि दनुवार र पुरुष जुनियर कातामा दीपेन्द्र क्षेत्री रहेका छन् । पुरुष ६५ केजीमा सुनील नगरकोटीले थप एक कांस्य हात पारे ।











-1765539955299.jpeg&w=3840&q=75)



-1765462956105.jpeg&w=3840&q=75)