• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
हिमालयन चेस एकेडेमीमा आइएम लहिरीको विशेष प्रशिक्षण
खेलपाटी संवाददाता
आइतबार, चैत २४, २०८१ खेलपाटी संवाददाता
हिमालयन चेस एकेडेमीमा आइएम लहिरीको विशेष प्रशिक्षण

काठमाडौं। हिमालयन चेस एकेडेमीले कमनवेल्थ चेस च्याम्पियनसिप (सन् १९९९) को उपाधि विजेता इन्टरनेसनल मास्टर (आइएम) अतनु लहिरीलाई ल्याएर आइतबारदेखि विशेष प्रशिक्षण थालेको छ।

एकेडेमीले इन्टरमिडियट तहका विद्यार्थीका निम्ति ‘मास्टर क्लास विथ आइएम लहिरी’ सञ्चालनमा ल्याएको हो भने प्रशिक्षकका निम्ति टिओटी (ट्रेनिङ फर ट्रेनर्स) सुरु गरेको हो। 

मास्टर क्लासमा ओपनिङ, मिड गेम स्ट्रटिजी, इन्ड गेमलगायतमा प्रशिक्षण दिइने बताइएको छ। एकेडेमीको काठमाडौं महानगरपालिका ११, थापाथलीस्थित आफ्नै चेस हलमा सञ्चालित विशेष प्रशिक्षण एक साता चल्नेछ।

‘नेपालमा व्यवस्थित तवरले सैद्धान्तिक रूपमा चेसको प्रशिक्षण गर्न गराउन कठिन छ, त्यसैले अन्तर्राष्ट्रिय स्तरमै ख्यातिप्राप्त फिडे ट्रेनर लहिरीलाई काठमाडौं ल्याएका हौं,’ हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिसा खम्बू भन्छिन्, ‘वर्ल्ड च्याम्पियन गुकेशसहित रमेशबाबु प्रागानन्द, सूर्यशेखर गांगुली, सन्दीपन चन्दलगायत थुप्रै जिएम (ग्रान्डमास्टर) लाई प्रशिक्षण दिइसकेका उहाँ वर्ल्ड क्लास कोच हुनुहुन्छ। हाम्रा खेलाडीलाई वर्ल्ड लेबलको प्रशिक्षण दिनुका साथै हाम्रा प्रशिक्षकको स्तरवृद्धिका निम्ति उहाँलाई ल्याएका हौं। उहाँले आगमनले पक्कै पनि नेपाली चेसको स्तरवृद्धिमा योगदान पुग्नेछ।’

करिअरको उच्च लयमा फिडे रेटिङ २४५० पुगेका लहिरीले झण्डै तीन दशकको कोचिङ करिअरमा नेपालसहित, भुटान, गुएना, थाइल्यान्ड, मंगोलिया र भारतका राष्ट्रिय टिम सम्हालिसकेका छन्।

यसअघि उनले सन् २००५ मा नेपाली राष्ट्रिय टिमलाई प्रशिक्षण दिएका थिए। कोलकाताका ५३ वर्षीय उनले इलामको रामप्रसाद गौतम स्मृतिलगायत नेपालमा आयोजित चार वटा प्रतियोगिताको उपाधि पनि जितेका छन्।

विश्व चेस महासंघ (फिडे) को एडुकेसन कमिसनमा महादेशीय प्रतिनिधिको जिम्मेवारी निर्वाह गरिसकेका लहिरी बेंगाल चेस संघमा सचिव तथा अल इन्डिया चेस एसोसिएसनका उपसचिवको कार्यभार सम्हालेको अनुभव पनि छ।

२०८० साल चैत १ गते स्थापित हिमालयन चेस एकेडेमीले सात वटा प्रतियोगिता सफलतापूर्वक आयोजना गरिसकेको छ। उसले एसइई कप, हिमालयन १०० फर गिनिज वर्ल्ड रेकर्ड, हिमालयन तीज चेस टोर्नी, प्यट्रिओटिक पन च्याम्पियनसिप, हिमालयन डुओ, हिमालयन ब्लिज कप र हिमालयन फ्रिस्टाइल चेस च्याम्पियनसिप आयोजना गरेको थियो। चेसमा नयाँ स्वरूपको फ्रिस्टाइल प्रतियोगिता नेपालमै पहिलोपल्ट गत चैत १ गते सञ्चालन गरिएको थियो।

बौद्धिक खेलको रूपमा परिचित चेसलाई नेपालमा प्रवर्द्धन र विकास गर्ने उद्देश्यले स्थापित हिमालयन चेस एकेडेमीले फ्रेसर, बिगिनर्स, एडभान्स बिगिनर्स, इन्टरमिडियट र एडभान्स गरी ५ वटा कोर्समा १ सय बढीलाई काठमाडौं महानगरपालिका ११, थापाथलीस्थित आफ्नै चेस हल र भक्तपुर शाखामा प्रशिक्षण दिइरहेको छ। भर्चुअल रूपमा अनलाइन कक्षा नियमित भइरहेको छ। प्रत्येक वुधबार महिलालाई निःशुल्क प्रशिक्षण दिइरहेको छ। स्कुल र समुदायमा कार्यशाला तथा प्रशिक्षण सञ्चालन गर्दै आएको छ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पदक विजेता टोलीलाई स्वागत
पदक विजेता टोलीलाई स्वागत
कोशीलाई हक्की उपाधि
कोशीलाई हक्की उपाधि
ग्रेस ओभरअल च्याम्पियन
ग्रेस ओभरअल च्याम्पियन
चेयरम्यान कप चेसमा बाँसबारी च्याम्पियन
चेयरम्यान कप चेसमा बाँसबारी च्याम्पियन
चेयरम्यान कप चेसमा ३१९ खेलाडीको चुनौती
चेयरम्यान कप चेसमा ३१९ खेलाडीको चुनौती
‘चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप’ बुधबारदेखि
‘चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप’ बुधबारदेखि
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
मेसीलाई छायामा पारेका उस्टारी !
मेसीलाई छायामा पारेका उस्टारी !
उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने
उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने
सुविन र रिहान्ना च्याम्पियन
सुविन र रिहान्ना च्याम्पियन
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP