रोहितको पहिलो अर्धशतक
सोमबार, चैत १०, २०८१खेलपाटी संवाददाता

काठमाडौं। विभागीय टोली एपिएफका कप्तान रोहितकुमार पौडेलले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा पहिलो अर्धशतक प्रहार गरेका छन्।
२२ वर्षीय रोहित पछिल्ला सात इनिङ्समा चल्न सकेका थिएनन्। उनको उच्च स्कोर नै २२ रन थियो। उनले यो स्कोर पनि कर्णाली प्रदेशविरुद्ध बनाएका हुन्। उनले यी सात इनिङ्समा ७२ रन मात्रै बनाउन सकेका थिए।
तर, सोमबार आठौं खेलमा उनले लुम्बिनी प्रदेशमाथि ७१ रन बनाएका हुन्। ९४ बल खेलेका उनले सात चौका प्रहार गरेका हुन्।








-1762758084543.jpg&w=3840&q=75)
-1762856022963.jpg&w=3840&q=75)






