जापान आठौंपल्ट विश्वकपमा छनोट
बिहिबार, ०७ चैत्र २०८१खेलपाटी संवाददाता
-1742480470.webp&w=3840&q=75)
काठमाडौं। जापान सन् २०२६ को विश्वकपमा छनोट हुने पहिलो टोली बनेको छ।
एसियाली छनोटको समूह सी को अन्तिम खेलमा बिहीबार बहराइनलाई २–० ले पराजित गरेको हो। सैतामा स्टेडियममा भएको खेलमा जापानलाई जित दिलाउन दाइची कामाडा र ताकेफुसा कुबोले गोल गरे।
दुवै गोल दोस्रो हाफमा भएको हो। यो नतिजासँगै जापानले सात खेलबाछ १९ अंक पुर्यायो। बहराइनले भने समान खेलबाट ६ अंक मात्रै पुर्याउन सक्यो।
जापान आठौंपल्ट लगातार विश्वकपमा छनोट भएको हो। संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकपमा ४८ टोलीले सहभागिता जनाउने छन्।








-1764813103863.webp&w=3840&q=75)




-1764852721214.jpg&w=3840&q=75)
-1764846408866.jpg&w=3840&q=75)

