• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
‘अवैधानिक कमिटीले दिने सदस्यता स्वीकार्य छैन’
खेलपाटी संवाददाता
शुक्रबार, चैत १, २०८१ खेलपाटी संवाददाता
‘अवैधानिक कमिटीले दिने सदस्यता स्वीकार्य छैन’

काठमाडौं । ओलम्पिक सदस्यताको माग गर्दै अदालत पुगेका खेल संघहरुले अवैधानिक रुपमा गठन भएको नेपाल ओलम्पिक कमिटीबाट दिने सदस्यता स्वीकार्य नहुने बताएका छन् । 

अन्तराष्ट्रिय ओलम्पिक कमिटी र नेपाल सरकारको मान्यता नदिएको नेपाल ओलम्पिक कमिटीले कुवेत बैठकको सहमतीमा जालझेल गर्दै नयाँ सदस्यता दिन खोजेपछि अदालतमा मुद्धा दायर गरेका संघहरुले अस्वीकार गर्ने बताएका हुन् । 

कतार बैठकको सहमती अनुसार १५ दिनभित्र साधारण सभाबाट सदस्यता दिने सहमती बनेको थियो । तर अध्यक्ष जीवनराम श्रेष्ठले अवैधानिक रुपमा निर्वाचित कमिटीबाट नयाँ संघलाई सदस्यता दिएर अवैधानिक कमिटीलाई वैद्य बनाउन खोजेपछि नयाँ विवाद सुरु भएको हो । 

बुधबार राजीव श्रेष्ठले महासचिवको रुपमा पत्र लेख्दै चैत ७ गते ओलम्पिक भवनमा साधारण सभा बोलाएका छन् । तर मताधिकार सहितको सदस्यताको माग गर्दै अदालत गएका संघहरुले सरकारले कारबाही गरेको अवैधानिक कमिटीले बोलाएको साधारण सभामा भाग नलिने र सदस्यता समेत स्वीकार नगर्ने बताएका छन् । 

‘वर्तमान कमिटीलाई अन्तराष्ट्रिय ओलम्पिक कमिटीले मान्यता दिएको छैन । आफुलाई स्व घोषणा गरेर निर्वाचित भनिएको कमिटीले बोलाएको साधारण सभामा भाग लिदैनौं । सदस्यता समेत स्वीकार्य छैन ।’ नेपाल घोडचढी संघका अध्यक्ष रविराज कर्णिकारले भने । 

‘ओलम्पिक विवाद जहाँबाट सुरु भएको हो, त्यहीबाट प्रकृयागत रुपमा सदस्यता दिन पर्छ । यसलाई दाउपेचको विषय बनाउनु हुदैन ।’ उनले भने । 

अवैधानिक कमिटीबाट सदस्यता दिने विषय झुटो र छली गर्ने काम भएको बताउँदै उनले यो विषय आफुहरुलाई मान्यता नहुने धारणा राखेका छन् । 

ओलम्पिकको अवैधानिक निर्वाचनलाई २७ मध्य ७ खेल संघले वहिष्कार गरेका थिए भने उपाध्यक्षद्धय प्रकाशशमशेर राणा, अनिल शर्मा सहित सदस्यत्रय राम अवाले, जितेन्द्रबहादुर चन्द र मनिष जोशीले अदालतको आदेश र सरकारको निर्देशन मान्ने भन्दै निर्वाचित भनिएको कमिटीबाट राजीनामा दिएका थिए । 

नेपाल ओलम्पिक कमिटीको विधान संशोधन गर्नेदेखि निर्वाचनसम्मको प्रकृयालाई अन्तराष्ट्रिय ओलम्पिक कमिटी आईओसी र ओलम्पिक कमिटी अफ एसिया ओसिएले मानेका छैनन् । तर अन्तराष्ट्रिय कमिटीले स्वीकार नगरेको, नेपाल सरकारले कारबाही गरेको र अदालतले रोकेको निर्वाचनबाट गठित कमिटीबाट सदस्यता बाँड्ने र अवैधानिक कमिटीलाई वैद्यता दिने जालझेलमा जीवनराम श्रेष्ठ नेतृत्वको कमिटी लागेको छ । 
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
मेसीलाई छायामा पारेका उस्टारी !
मेसीलाई छायामा पारेका उस्टारी !
उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने
उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने
सुविन र रिहान्ना च्याम्पियन
सुविन र रिहान्ना च्याम्पियन
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP