सोमबार, २१ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

कप्तान अञ्जिला भन्छिन्– आलोचनाभन्दा बढी अवसरको खाँचो छ

बिहिबार, १५ फाल्गुण २०८१खेलपाटी संवाददाता
कप्तान अञ्जिला भन्छिन्– आलोचनाभन्दा बढी अवसरको खाँचो छ
Loading ad...
mustang rice ad

काठमाडौं। इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपको फाइनलमा म्यानमारसँग पराजित भएपछि नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान अञ्जिला तुम्बाप्पो सुब्बाले समर्थकसँग माफी मागेकी छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बुधबार भएको फाइनलमा नेपाल म्यानमारसँग २–० ले पराजित भएको थियो। त्यसको एक दिनपछि उनले सामाजिक सञ्जालमार्फत अपेक्षा गरेअनुसार नतिजा दिन नसकेको भन्दै माफी मागेकी हुन्।

‘फेरि पनि हामी फाइनलमा पुग्यौं तर चुक्यौं। कप्तानको रूपमा म सबै समर्थकहरूसँग माफी माग्न चाहन्छु,’ उनले लेखेकी छन्, ‘मैदानमा उपस्थित १६ हजार दर्शकहरू र सधैं हामीलाई माया गर्ने करोडौं समर्थकहरू हामी तपाईहरूले अपेक्षा गरेको र चाहेको नतिजा दिन सकेनौं।’

उनको कप्तानीमा नेपालले एकै वर्ष तेस्रोपल्ट उपाधि गुमाएको हो। गत फागुनमा साउदी अरबमा भएको वाफ महिला च्याम्पियनसिपको फाइनलमा जोर्डनसँग नेपाल टाइब्रेकरमा ५–३ ले पराजित भएको थियो।

गत कात्तिकमा घरेलु मैदानमै भएको साफ महिला च्याम्पियनसिपको फाइनलमा पनि बंगालदेशसँग नेपाल २–१ ले पराजित हुँदै उपविजेतामा सीमित भएको थियो।

यसपल्ट लिग चरणमा किर्गिस्तान र लेबनानमाथि समान १–० को जित निकालेको नेपालले ६ वर्षपछि म्यानमारलाई २–२ को बराबरीमा रोकेको थियो। तर, त्यसको तीन दिनपछि सोही मैदानमा भएको फाइनलमा भने नेपालले २–० को नमिठो हार बेहोर्न पर्‍यो। 

‘म्यानमार हामीभन्दा धेरै बलियो टोली थियो। पहिलो हाफ राम्रो खेलेका थियौं, तर दोस्रो हाफमा मेरो पहिलो गोलको गल्तीका कारण गोल खान पुग्यौं। तपाईहरूको समर्थनकै कारण महिला टोलीले यो पहिचान र अवसर पाएको छ। यसले हामीलाई अझ राम्रो गर्न प्रेरित गरेको छ। त्यसैले आलोचनाभन्दा बढी हामीलाई अझ धेरै अवसरहरू आवश्यक छन्। यस्तै प्रतियोगिताहरू र राम्रो संरचना भएको घरेलु महिला लिग आवश्यक छ,’ उनले भनेकी छन्।

यस्ता प्रतियोगिताहरू निरन्तर भए एक दिन अवश्य उपाधि उचाल्ने उनले बाचा गरेकी छन्। त्यसैले माया, साथ र समर्थनको खाँचो रहेको उनको भनाइ छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

आर्मीलाई हराउँदै पुलिसले जित्यो पोखरा गोल्डकप

आर्मीलाई हराउँदै पुलिसले जित्यो पोखरा गोल्डकप

प्रिमियर लिगमा फेरि फर्कियो इप्सविच टाउन

प्रिमियर लिगमा फेरि फर्कियो इप्सविच टाउन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

आर्मीलाई हराउँदै पुलिसले जित्यो पोखरा गोल्डकप

आर्मीलाई हराउँदै पुलिसले जित्यो पोखरा गोल्डकप

 पशुपति र हिलारी सेमिफाइनलमा

पशुपति र हिलारी सेमिफाइनलमा

प्रिमियर लिगमा फेरि फर्कियो इप्सविच टाउन

प्रिमियर लिगमा फेरि फर्कियो इप्सविच टाउन

अचानक उपाधि दौडमा अगाडि पुग्यो आर्सनल

अचानक उपाधि दौडमा अगाडि पुग्यो आर्सनल

सानदार लयमा एट्लेटिको

सानदार लयमा एट्लेटिको

रियलभन्दा १४ कदम अगाडि बार्सिलोना

रियलभन्दा १४ कदम अगाडि बार्सिलोना

मेसीको शतकीय खेलमा मियामी पराजित

मेसीको शतकीय खेलमा मियामी पराजित