काठमाडौं। लेबनानले इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपअन्तर्गत लिग चरणको अन्तिम खेलको पहिलो हाफमै २–० को अग्रता लिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा लेबनानले किर्गिस्तानविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ।
यी दुई टोली यस खेलअगाबै प्रतियोगिताबाट बाहिरिइसकेका छन्। लेबनानलाई खेलको १३औं मिनेटमा क्रिस्टी मलोउफले सुरुआती अग्रता दिलाइन्।
२२औं मिनेटमा म्या रोसे महान्नाले अग्रता दोब्बर बनाइन्।