निशा र रश्मि बेन्चमा
बिहिबार, ०८ फाल्गुण २०८१खेलपाटी संवाददाता

काठमाडौं। इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपअन्तर्गत लेबनानविरुद्ध खेल्ने नेपाली टोलीको सुरुआती ११ सार्वजनिक भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा केही समयपछि हुने खेलमा नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले दुई परिवर्तन गरेका छन्।
लेबनानविरुद्ध उनले निशा थोकर र रश्मिकुमारी घिसिङलाई बेन्चमा राखेका छन्। निशा किर्गितस्तानविरुद्धको खेलमा घाइते भएकी थिइन्।
यस्तै, रश्मिको स्थानमा सावित्रा भण्डारी आएकी छन्। पहिलो खेलमा सावित्रा दोस्रो हाफमा मैदान प्रवेश गरेकी थिइन्।












-1777808400835.jpeg&w=3840&q=75)
