काठमाडौं। दोस्रो लमजुङ भेट्रान्स फुटबल प्रतियोगिता फागुन ७ गतेदेखि हुने भएको छ। लमजुङ भेट्रान्स फुटबल क्लबको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो।
प्रतियोगिताका सम्पूर्ण खेल लमजुङ फुटसल बेसीशहर ७ मा हुने आयोजकले जनाएको छ।
३५ वर्षमाथि खेलाडीको सहभागिता रहने प्रतियोगिताको विजेताले ५५ हजार ५५५ रुपैयाँ र खसी पाउने छन्। उपविजेताले भने ३३ हजार ३३३ रुपैयाँ र भाले प्राप्त गर्नेछन्।
प्रतियोगिताको सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकर्ताले भने एक हजार १११ रुपैयाँ पाउने छन्।