• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
रियलको अविश्वसनीय पुनरागमन, सिटीले फेरि दोहोर्‍यायो गल्ती
खेलपाटी संवाददाता
बुधबार, माघ ३०, २०८१ खेलपाटी संवाददाता
रियलको अविश्वसनीय पुनरागमन, सिटीले फेरि दोहोर्‍यायो गल्ती

काठमाडौं। रियल मड्रिडका स्टारहरू कहिल्यै हार मान्दैनन्। तर, म्यानचेस्टर सिटीले भने बारम्बार उही गल्ती दोहोर्‍याइरहेको हुन्छ।

च्याम्पियन्स लिगको प्लेअफको पहिलो लेगअन्तर्गत इतिहाद स्टेडियममा मंगलबार राति सम्पन्न खेलमा ८०औं मिनेटसम्म सिटी २–१ ले अगाडि थियो। 

एर्लिङ हालान्डले दुवै हाफमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। तर, जुड बेलिङ्घमले अतिरिक्त समयमा निर्णायक गोल गर्दै रियललाई अविश्वसनीय पुनरागमनमार्फत ३–२ को जित दिलाए।

सिटीले सुरुआती अग्रता लिए पनि अन्तिमतिर पुगेर गोल खाएको यो पहिलो खेल होइन। च्याम्पियन्स लिगमा यो सिजन मात्र सिटीले खेलको अन्तिम १५ मिनेटमा सात गोल खाएको छ, जुन चिन्ताजनक तथ्यांक हो।

‘हामीले खेललाई राम्रोसँग सम्हाल्न आवश्यक छ,’ सिटीका डिफेन्डर जोन स्टोन्सले भने, ‘यो नतिजा अहिले सकारात्मक देखिँदैन। तर, हामीले मनोबल उच्च राख्नुपर्छ।’

बेलिङ्घमले थपिएको समयमा भिनिसियस जुनियरको पासमा गोल गर्दै सन् २०२२ को सेमिफाइनलको सम्झना दिलाए। त्यतिबेला रोड्रिगोले खेलको अन्तिमतिर दुई गोल गर्दै सिटीलाई अतिरिक्त समयमा हराएका थिए।

हालान्डले १९औं मिनेटमा सिटीलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसअघि रियलले पेनाल्टी अपिल गरेको थियो। तर, रेफ्रीले अफसाइडको कारण देखाउँदै पेनाल्टी दिन अस्वीकार गरे। फेर्लान्ड मेन्डीको प्रयास म्यानुएल अकान्जीले ‘ब्लक’ गरेका थिए।

भिनिसियसले पोस्ट बारमा लाग्ने गरी सट हाने। अकान्जीको हेडर पनि पोस्टमा लागेको थियो। दोस्रो हाफ सुरु भएको एक मिनेटमै हालान्डको अर्को प्रहार बारमा लाग्यो।

केलियन एम्बाप्पेले ६०औं मिनेटमा भाग्यशाली गोल गर्दै खेल बराबरीमा ल्याए। उनको ‘मिसकिक’ प्रहार सिटीका गोलकिपर एडर्सनलाई बिट हुँदै गोललाइन पार गर्‍यो।

एम्बाप्पेको अर्को प्रहार पोस्टमा ठोकियो। त्यसपछि सिटीलाई पेनाल्टी मिल्यो, जुन हालान्डले गोल गर्दै पुनः २–१ को अग्रता दिलाए। तर, सिटीकै पूर्वखेलाडी ब्राहिम डियाजले खेल बराबरी बनाए। बराबरीतिर उन्मुख खेलमा अन्तत: बेलिङ्घमले निर्णायक गोल गर्दै रियललाई जित दिलाए।

‘सिटी जुनसुकै अवस्थामा भए पनि अविश्वसनीय टोली हो,’ बेलिङहमले भने, ‘सिटीको खेलशैली अत्यन्त कठिन छ। तर, हामीले अन्ततः अवसरको सही उपयोग गर्‍यौं।’

अन्य खेलमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले ब्रेस्टलाई ३–० ले हराउँदै अर्को चरणमा जाने सम्भावना बलियो बनाएको छ। युभेन्ट्सले पिएसभी इन्दोभेनलाई २–१ ले पराजित गर्यो भने बोरुसिया डर्टमुन्डले स्पोर्टिङ लिस्बोनलाई ३–० ले हराउँदै खेल आफ्नो पक्षमा राख्न सफल भयो।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अझै ला लिगा उपाधिको आशमा रियल
अझै ला लिगा उपाधिको आशमा रियल
बिर्तामोड सेमिफाइनलमा
बिर्तामोड सेमिफाइनलमा
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
ब्वाइज युनियनले टार्‍यो रेलिगेसन खतरा
ब्वाइज युनियनले टार्‍यो रेलिगेसन खतरा
रोनाल्डोका छोराले गरे अन्तर्राष्ट्रिय डेब्यु
रोनाल्डोका छोराले गरे अन्तर्राष्ट्रिय डेब्यु
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
अझै ला लिगा उपाधिको आशमा रियल
अझै ला लिगा उपाधिको आशमा रियल
रोयल्स र गोल्डेनगेटको जित
रोयल्स र गोल्डेनगेटको जित
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
बिर्तामोड सेमिफाइनलमा
बिर्तामोड सेमिफाइनलमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP