• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
‘साम्बा’ लाई रोक्न सानोतिनो पावरले पुग्दैन !
खेलपाटी संवाददाता
आइतबार, माघ २७, २०८१ खेलपाटी संवाददाता

काठमाडौं। राजेन्द्र तामाङको प्रशिक्षणमा रहेको नेपाली महिला टोलीले किर्गिस्तानको सामना गर्दै ‘इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप’को सुरुआत गर्नेछ। यस क्रममा नेपालको एउटै लक्ष्य हुनेछ, उपाधि खडेरी तोड्ने।

पछिल्ला १४ वर्षमा १२ प्रतियोगिताका फाइनल खेल्दै महिला टोलीले नेपाली फुटबल इतिहासमा कीर्तिमान कायम गरेको छ। तर, यो असाधारण कीर्तिमान पनि उपाधिविहीन कथामा सीमित छ।

यद्यपि, त्रिपुरेश्वरेश्वरस्थित दशरथ रंगशालामा हुने च्याम्पियनसिपमा उक्त असफल कथाको कहानी सफलतामा परिणत गर्ने सुनौलो अवसर नेपाललाई जुरेको छ। तर, के त्यसो गर्न नेपाल सक्षम छ त?

मुख्यप्रशिक्षक राजेन्द्र भन्छन्, ‘प्रतिद्वन्द्वी बलिया छन्, हामीलाई गाह्रै हुन्छ। तर, आत्तिनुपर्ने अवस्था छैन। हाम्रो टोलीमा पनि विदेशी लिगको अनुभव बटुलिसकेका खेलाडी छन्।’

च्याम्पियनसिपमा नेपाल र किर्गिस्तानबाहेक लेबनान र म्यानमारले सहभागिता जनाउँदै छ। यी तीन पाहुना टोली नेपालका लागि अपरिचित होइन। यी टोलीलाई नेपालले विभिन्न समयमा चुनौती पेस गरिसकेको छ।

सम्बन्धित समाचार
  • आफ्नै ‘आइडल’ अनुको रेकर्ड तोड्दै साम्बा

फिफा विश्व वरीयतामा १३४औं स्थानमा रहेको किर्गिस्तानलाई नेपालले सन् २०१९ मा नाडेज्दा कपमा उसकै घरेलु मैदानमा ८–२ ले पराजित गरेको थियो। १२८औं वरीयतामा रहेको लेबनानलाई नेपालले गत वर्ष साउदी अरबमा भएको वाफ च्याम्पियनसिपको सेमिफाइनललाई २–१ ले हराएको थियो।

यस्तै, ५५औं वरीयतामा रहेको म्यानमारलाई भने नेपालले अहिलेसम्म पराजित गर्न सकेको छैन। सन् २००९ मा भएको पहिलो भेटमा यी दुई टोलीले १–१ को बराबरी खेलेका थिए। त्यसपछि उज्बेकिस्तानमा भएको अर्को भेटमा भने नेपाल ३–१ ले पराजित भयो। 

त्यसैले अहिले सबै टोलीलाई बलियो प्रतिस्पर्धीका रूपमा हेरेको उनले बताए। यद्यपि, फुटबलमा विगतको नतिजा र वरीयताले खासै फरक पार्ने छैन। यो कुरा पछिल्ला दुई साफको फाइनलले पनि प्रमाणित गरिसकेको छ।

विश्व वरीयतामा १४०औं स्थानमा रहेको बंगलादेशले १०३औं स्थानको नेपाललाई पराजित गर्दै लगातार उपाधि चुमेको थियो। अर्कोतर्फ नेपालले सेमिफाइनलमा पराजित गरेको भारतीय टोलीले म्यानमारलाई ३–३ र १–१ गोलको बराबरीमा रोकेको तथ्य छ। यद्यपि, घरेलु मैदान र विदेशी लिग खेलेको अनुभवी खेलाडीको फाइदा लिने योजनामा देखिन्छन्, राजेन्द्र।

‘हामीलाई फाइदा हुने भनेको मैदान हो। हाम्रो मैदान सरफेस छैन। अर्कोतर्फ हाम्रो तीन खेलाडी पनि बाहिर छन्। त्यसले फाइदा पुर्‍याउँछ,’ उनले भने।

नेपाली टोलीकी कप्तान अञ्जिला तुम्बाप्पो सुब्वा ग्रीसबाट व्यावसायिक लिग खेल्दै आएकी छन्। दक्षिण एसियाकै ‘नम्बर वान’ स्ट्राइकर सावित्री भण्डारी ‘साम्बा’ फ्रेन्च लिगमा आबद्ध छिन्।

नेपाललाई साफ फाइनलमा पुर्‍याउन एक ह्याट्रिकसहित सात गोल गरेकी रेखा पौडेलले भने संयुक्त अरब इमिरेट्स (युएई)को लिग खेलिरहेकी छन्। 

‘स्ट्रोङ पोइन्ट भनेकै स्ट्राइकर हो। माथि राम्रो स्ट्राइकर छ भने तल डिफेन्समा डराएर खेल्नुपर्ने अवस्था हुँदैन। हामीसँग दक्षिण एसियाको र आवुधवीमा खेलिरहेको टप स्ट्राइकर छ। साम्बालाई रोक्न सानोतिनो पावरले पुग्दैन, त्यो भारतसँगको खेलमा देखिसक्यौं,’ राजेन्द्र भन्छन्।

साफ च्याम्पियनसिपको सेमिफाइनलमा १–० ले पछाडि रहेको अवस्थामा साम्बाले प्रीति राईको पासमा भारतीय दुई डिफेन्डरलाई बिट गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन्। त्योसँगै नेपालले पेनाल्टी सुटआउटमा ४–२ को जित निकाल्दै छैटौंपल्ट साफको फाइनलमा स्थान बनाएको थियो।

नेपाली टोलीको संकटमोचकका रूपमा रहेकी उनले अन्तर्राष्ट्रिय फुटबल करियरमा ५५ गोल पूरा गरिसकेका छन्। त्यसैले नेपालभन्दा पनि विपक्षी टोली डराएर खेल्नुपर्ने राजेन्द्र बताउँछन्। ‘तर, कहिले काहीँ त चुक्छ। त्यसैले विपक्षी खेलाडीको व्यक्तिगत प्रदर्शनलाई हेरेर हामीले योजना बनाउनुपर्छ,’ उनी भन्छन्।

अञ्जिला र रेखा माघ २९ गते स्वदेश फर्किने छन्। सावित्रा भने फागुन दुई गतेदेखि मात्रै फर्किने तय छ। अञ्जिला र रेखाले किर्गिस्तानसँगको पहिलो खेल खेल्ने सम्भावना छ। तर, सावित्राले भने उक्त खेल गुमाउने लगभग निश्चित छ।  

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
मेसीलाई छायामा पारेका उस्टारी !
मेसीलाई छायामा पारेका उस्टारी !
महिला यु–२० को बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिए
महिला यु–२० को बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिए
कुन्हाको बाल्यकालदेखि सपना पूरा
कुन्हाको बाल्यकालदेखि सपना पूरा
फेरि च्याम्पियन शैलीमा फर्किने प्रयासमा सिटी
फेरि च्याम्पियन शैलीमा फर्किने प्रयासमा सिटी
मेसीको दुई सानदार प्रयास असफल
मेसीको दुई सानदार प्रयास असफल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
मेसीलाई छायामा पारेका उस्टारी !
मेसीलाई छायामा पारेका उस्टारी !
उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने
उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने
सुविन र रिहान्ना च्याम्पियन
सुविन र रिहान्ना च्याम्पियन
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP